-एनआरएनए एनसीसी अमेरिका:क्यालिफोर्निया च्याप्टर अध्यक्ष उम्मेदवार बिनय पोखरेल

एनआरएनए एनसीसी अमेरिका:क्यालिफोर्निया च्याप्टर अध्यक्ष उम्मेदवार बिनय पोखरेल

Hollywood Khabar March 17,2021 Comments

हलिउडखबर, मार्च १७, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२०२३ कार्यकालको लागि क्यालिफोर्निया राज्य च्याप्टर अध्यक्षमा बिनय पोखरेल उम्मेदवार हुनुहुन्छ।

पोख्रेलको अपिल;

आदरणीय क्यालीफोर्निया बासी नेपाली अमेरिकन आमा बुवा, दिदी बैनी दाजुभाई तथा बिधार्थी भाईबैनीहरूमा नमस्कार;

म बिनय पोखरेल (बब) क्यालिफोर्नियाको सान फान्सिस्को बे एरियामा बस्दै आएको छु। यहाँको समाजको हित र सेवामा निरन्तर रहिआएको पनि छु। गैरआबासीय नेपालीहरू माझ धेरै कुराहरू अपुरा छन्। ति कामहरूलाई पुर्णता दिनमा मैले थुप्रै काम गरेर अझै राम्रा नतिजा दिएर हाम्रो नेपाली अमेरिकन समाजको चाहना अनुरूपको प्रयास गर्न गराउन सक्षम छु भन्ने मेरो विश्वास रहेको छ।

त्यसै अठोटका साथ मैले २०२१-२०२३ कार्यकालको लागि गैरआबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको क्यालिफोर्निया राज्य च्याप्टर अध्यक्षमा उमेद्वारी घोषणा गरेको छु।

क्यालिफोर्नियामा बसोबास गर्ने नेपालीहरुमध्ये २० हजार भन्दा धेरै सदस्य पुर्याउने मेरो प्रमुख योजना हो। बिधार्थी र युवाहरुको करियर सर्पोट, इमर्जेन्सी सेवा कोष, इमिग्रेशन सेवाको लागि सूचना केन्द्र, भिजिटर भिसाका अभिभावकहरुको लागि मेडिकल इन्सुरेन्स, नव आगन्तुकहरुको लागि रोजगारी, आवास र समाज सम्पर्क सेवा जस्ता आधारभूत कुराहरु नै मेरो योजना हुन्। नेपाली धर्म, कला, संस्कृति र भाषा-भाषीहरुको संयोजन, प्रवर्धन निरंतरतामा साथ् दिने मेरो योजना हो। यसका लागि यहाँहरु सबैको साथ र सहयोगको अपेक्षा गर्दै मैले उम्मेदवारी घोषाणा गरको हुँ।