-एनआरएनए अमेरिकालाइ अधिकारिकता प्राप्त र कानुनी रुपमा दर्ता सम्पन्न

एनआरएनए अमेरिकालाइ अधिकारिकता प्राप्त र कानुनी रुपमा दर्ता सम्पन्न

Hollywood Khabar September 16,2022 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका गत महिना सुर्य लम्सालको अध्यक्षतामा गठन भएपछि त्यसलाई एनआरएनए आइसीसीले मान्यता प्रदान गरेको थियो। तत्पश्चात नै नयाँ नेतृत्वले संघलाइ अमेरिकाको कानुन मुताविक मुनाफा रहित सामाजिक संस्थाको रुपमा दर्ता पनि सम्पन्न गरेको छ।

गठन भएको १५ दिनमा नै आधिकारिकता र कानुनी रुपमा समेत दर्ता सम्पन्न सफल यो सकृय टिमले सेप्टेम्बर १६, २०२२ मा २०२१-२०२३ कार्यकालको तदर्थ नेतृत्वको फोटो सहित फ्लायर सार्वजनिक गरेको छ। सो बिषयमा प्रवक्ता बिराज भण्डारीको पहिलो प्रेस नोट जस्ताको तस्तै:

आदरणीय अमेरिकावासी सम्पुर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा नमन तथा नमस्कार;

हामी प्रबासी नेपालीहरुको साझा सस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) मा केहि समय देखि देखिएको नियम, बिधि, बिधान तथा परिपाटी बिपरितको भईरहेको कृयाकलाप र हालसालै काठमांडौको चुनावरहित पदिय बिकृतिलाई यंहाहरु सबैले दुखका साथ हेरिरहनुभएको कुरा हामीहरुमा अबगत नै छ।

तेसैगरि स्थापनाको समय पछि हेर्ने हो भने बिशेष गरेर २०१३ देखि २०१७ सम्म केहि राम्रा काम पनि भएका छन्। त्यहि समय हाम्रो नेपाली नागरिकताको अधिकार नेपालको संबिधानमा नै ब्यबस्था भएको हो। तर पनि नेपाली नागरिकताको निरन्तरता जसलाई संबिधानमा गैरआवासीय नेपाली नागरिकता भनियो त्यो मुख्य एजेण्डामा भने पछिल्ला समयमा फितलो हुदै गएको देखियो ।

त्यसैको फलस्वरूप अन्तराष्ट्रिय परिषद असफल भएर अक्टुवर २०२१ मा हुनुपर्ने १० औं महाधिवेशन सम्पन्न गर्न सकेन। त्यसैले बिधि र बिधान अनुरुप नेपाल सरकारले तत्कालिन प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा शेष घलेलाइ सो १० औं महाधिवेशन सम्पन्न गर्न संघको बिधान र नेपाल सरकारको ऐन अनुरुप जिम्मेवारी दियो।

उक्त अबैधानिक गतिबिधी चिरेर बिधानत अगाडी बढेको मुल गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद र उक्त परिषदबाट आधिकारिकता तथा मान्यता प्राप्त भएपछि श्री सुर्य लम्सालको संयोजकत्वमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको तदर्थ समिती गठन सम्पन्न भएको यंहाहरुलाई अवगत गराऊन चाहन्छु।

हालसम्म रवाफ र पदका लागि मात्र प्रयोग भएको यो संस्थालाई अब जनस्तरमा पुर्याई संस्थाका मुल्य र मान्यतालाई सर्वोपरि ठान्दै यसका उदेश्यमा केन्द्रित हुन यो नयां कार्यसमिती कठिबद्ध छ। यस स्वच्छ अभियानलाई निरन्तरता दिने एनआरएनए नेतृत्व तथा सम्पुर्ण ईमान्दार अग्रजहरुमा हार्दिक धन्यवाद दिदै हामीलाई सुम्पिनुभएको जिम्मेवारी शसक्त ढंगले पुरा गर्नेमा प्रतिवद्द भएको जानकारी गराउँदछौं।

हाम्रो यस समितिमा तपांईहरु धेरैको चाहना अनुसार सबैलाई समेटन नसकेकोमा क्षमा प्रार्थी छौं। आगामी दिनमा अमेरिकन एनआरएनहरु समक्ष यस संस्थाका कार्यदिशाका वारेमा छलफल गरी शसक्त रुपमा अगाडी बढ्ने प्रतिबद्धताका साथ हाम्रो टीम र आईसिसीको आधिकारीक पत्र सार्बजनिक गरेका छौ।

धन्यबाद; जय एनआरएनए !

बिराज भण्डारी

प्रवक्ता

एनआरएनए अमेरिका

सेप्टेम्बर १६-२०२२