NRNA NCC USA 5h AGM

NRNA USA को 5th AGM सम्पन्न, अध्यक्षका लागि एक कार्यकाल बाध्यकारी

Hollywood Khabar January 15,2017 Comments

गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको ५ औं साधारणसभा टेक्सासको डालसमा सम्पन्न भएको छ। सदस्यहरुको ठुलो उपस्थितिका बिच सम्पन्न उक्त सभाबाट सामान्य प्रस्तुति बाहेक पास गर्नुपर्ने कुरा आर्थिक रिपोर्ट र बिधान मात्र थिए। बिधान कमिटिले बिधान प्रस्तुत गर्दा यो यो चाँही आइसीसीको बाध्यात्मक मापदण्ड हो छलफलको बिषय होइन र यो यो चाँही छलफलका लागि भनेर प्रस्तुत गरेको भए धेरै सजिलो हुने थियो।

सांस्कृतिक झाँकी र नाचगानसमेत प्रस्तुत गरेर रमाइलो बातावरणमा सम्पन्न ५ औं साधारणसभा बिगतमा भन्दा अलिकति फरक रहन गयो। हरेक शेसनका प्रस्तुति लामा भए, बक्ता धेरै भए, युवाहरुलाई आकर्षण गर्ने कुरा कम भए, अनि सुधार्ने पर्ने या सुझाव चाँही स्पोन्सरहरुको प्रस्तुति समय कार्यक्रमको प्राइम समयमा दिनुपर्छ अन्तमा होइन।

साधारण सभाका प्रमुख अतिथि पराराष्ट्र मन्त्री डा. प्रकाश शरण महत हुनुहुन्थ्यो भने अमेरिकाका लागी महामहिम राजदुत डा अर्जुन कार्की, महाबाणिज्य दुतहरु, एनआरएनका आईसीसी उपाध्यक्ष कुमार पन्त, आर सी सोनाम लामा, डीआरसी एसी सेर्पा, एनआरएनए अमेरिका पूर्व अध्यक्ष तथा आइसीसी सदस्य खगेन्द्र जी सी, एनआरएन अमेरिकाकी निर्वाचन आयुक्ता बंदिता शर्मा दाहालको समेत उपस्थित थियो। एनआरएनए राष्ट्रिय समन्वय परिषद कोरिया, क्यानाडा र विभिन्न संघ संस्थाका प्रतिनिधी, एनआरएनएका अभियन्ता, पत्रकारहरू, कलाकारहरू, समाजसेवी, लगायतको उपस्थित थियो। साधारण सभाका संयोजक तथा एनआरएनए अमेरिकाका उपाध्यक्ष राम सी पोख्रेल हुनुहुन्थ्यो।

कार्यक्रममा विभिन्न स्थानीय कलाकारहरूले नेपाली गीत, नेपाली संगीत, नेपाली नाच-गान र विभिन्न कल्चर तथा ड्रेसको प्रदर्शन गर्नु भएको थियो। अतिथिहरुको सिटप्लान र आशनग्रहणलाई प्रवाहका रुपमा दिएर २ मिनेटमा आशनग्रहण सम्पन्न गर्ने कुरा भने सबै आयोजकहरुले सिक्ने कुरा हो।

विधानको धारा २८ D III अनुसार अध्यक्ष र आइसीसी प्रतिनिधि उठ्ने योग्यताको हदलाई एक कार्यकाल पास गररेको छ। यति मात्र होइन अब उपरान्त कुनै पनि बैधानिक कुरा अमेरिकी कानुनले बाधा गरेको या निषेध गरेको अवस्थामा बाहेक सम्पूर्ण कुरा गैर आवासिय नेपाली संघ (ICC) को बिधानसंग बाझिने छैन बाझिएमा ICC को बिधानको ब्यबस्था लागु हुने भन्ने मापदण्ड छ जुन कुरा अनिवार्य थियो।

गैर आवासिय नेपाली संघको बिधान हाल मन्त्रालयमा छ र तुरुन्तै आउनेवाला छ भन्ने कुरा गैर आवासिय नेपाली संघका महासचिव डा बद्रि के सीले इमेलमार्फत जानकारी दिनुभएको छ। मन्त्रालयको स्वीकृति भएको दिनबाट बिधान लागुहुन्छ र त्यो भनेको अमेरिकाको २०१७ को निर्वाचनको अगावै हुनेछ।

गैर आवासिय नेपाली संघले दिने एडजस्टमेन्टको समय भनेको पहिलो दुइकार्यकाल हो। त्यो समय सकिएको छ र अब NCC अमेरिकाले गैर आवासिय नेपाली संघको विधानको बाझिने अवस्था राख्न मिल्दैन र त्यो अवस्थामा आएमा NRNA NCC अमेरिकाको बिधानको धारा २८, D , III ले बदर गर्नेछ।

यो अवस्थामा हतारमा साधारण सदस्यबाट एकै पटक अध्यक्षमा उठेको घोषणा गरेका व्यक्तिहरुलाई मैदानबाट बाहिरने या अरु पदका लागि जानुपर्ने अवस्था आउने छ।
बिधान भनेको धारणा होइन कानुन हो। कसैलाई मन पर्नु र नपर्नुसँग भन्दा पनि बिधान सँस्थाका लागि बनाउने हो। एकाथरी व्यक्तिहरुको भनाइ भने NRNA NCC अमेरिकामा दर्ता भएको संस्थाहो तेसैले गैर आवासिय नेपाली संघको बिधान मान्नु पर्दैन भन्ने छ। तेसो गर्न त मिल्छ तर गैर आवासिय नेपाली संघले त्यो अवस्थामा आफ्नो एफिलेशहन फिर्तलिने छ, NCC बिघटन गर्न सक्छ, आफ्नो नाम र लोगो नचलाउन निर्देशन दिन्छ। त्यो अवस्था आउने मात्र ओइन निर्वाचित भए पनि डिभ्यालिड गर्छ भन्ने कुरा आइसीको विधानमा उल्लेख छ। यो कुरा सबैले बुझनु जरुरी छ।