-FDA द्वारा १२-१५ उमेरका मानिसलाइ Pfizer COVID-19 भ्याक्शिनको अनुमति

FDA द्वारा १२-१५ उमेरका मानिसलाइ Pfizer COVID-19 भ्याक्शिनको अनुमति

Hollywood Khabar May 10,2021 Comments

अमेरिकाको The US Food and Drug Administration (FDA) ले फाइजरले १२-१५ बर्ष उमेर समूहका लागि तयार पारेको Pfizer's COVID-19 vaccine लाइ इमर्जेन्सी प्रयोग गर्न अनुमति दिएको छ।

विश्वोमा पहिलो पटक कोभिड १९ को भ्याक्शिन ल्याउने फाइजरले यो उमेर समुहमा पनि पहिलो पटक भ्याक्शिन ल्याएको छ। उसो त फाइजरको नियमित १६ बर्ष भन्दा माथिकाहरुको भ्याक्शिनलाइ इमर्जेन्सी प्रयोगबाट नियमति स्वीकृतिको लागि पनि निवेदन गरेको छ।

यो पटक The US Food and Drug Administration ले मे १०, २०२१ मा फाइजरको १२-१५ उमेर समुहका लागि तयार पारिएको भ्याक्शिनको अनुमति दिएको हो। त्यसपछि यसै हप्ता देखि भ्याक्शिन लगाउन सुरु हुने भएको छ। यो भ्याक्शिन पनि यसपूर्वको १६ बर्ष भन्दा माथिका उमेर समुहका लागि तयार पारिएको भ्याक्शिन नै हो तर यसमा अनुसन्धान पुरा भएकाले मात्र ल्याएको हो।

यसको अर्को अथोरिटी US Centers for Disease Control and Prevention's (CDC) ले यहि बुधबार बस्ने बिशेसज्ञहरुको सल्लाहले मात्र स्वीकृति दिने भएको छ। अनुसन्धानमा २२६० जना सो उमेर समुहका मानिसहरुमा १००% सफल भएको कुरा रिपोर्टमा बताइएको छ।

अब फाइजरले २ देखि ११ बर्ष उमेर समूहका लागि भ्याक्शिन आगामी सेपेटम्बर सम्म ल्याउने कुरा बताएको छ। त्यो भन्दा पनि ठूलो कुरा फाइजरले कोभिड १९ का बिरामीहरुको लागि उपचार औषधि नै बनाउँदै छ। त्यसलाई यो बर्षको अन्तसम्म अनुमतिको लागि आवेदन गर्न सक्ने योजना दिएको छ।