अमेरिकाको फाइजर कम्पनीले बनाएको कोभिड १९ बिरुद्धको भ्याक्शिनको पहिलो चरणको वितरण सुरु भएको छ। यसपूर्व US FDA ले आकस्मिक प्रयोगको लागि अनुमति दिएको थियो। डिसेम्बर १२, २०२० देखि मिसिगनमा रहेको फेसिलिटीबाट बितरण प्रकृया सुरु गरिएको हो।आइतबार बिहान अमेरिकाभरि UPS, FeDex लगायतका फ्रेयट कम्पनीहरु मार्फत वितरण सुरु गरिएको छ।
करिब १ लाख ८४ हजार २ सय ७५ भायल भ्याक्शिन ५० वटा नै स्टेटका लागि डिपार्ट गरिएको कुरा CNN ले उल्लेख गरेको छ। सो भ्याक्शिन सोमबार बिहान सम्म सबै स्टेटमा पुग्ने कुरा समेत जनाइएको छ। यस्तै दोश्रो चरणमा ३ हजार ९ सय भायल भ्याक्सिन आइतबार दिउँसो, तेश्रो चरणको ३ लाख ९० हजार भायल सोमबार शिपङ्ग गरिने कुरा फाइजरले जनाएको छ।यो भ्याक्शिन प्राथमिकतामा गरिए अनुसार लगाइने छ।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु