Pradip Paudel, NC Leader

कांग्रेस नेता प्रदिप पौडेलबाट तनहुंका २१ मन्दिरहरूका लागि सोलार वितरण

Hollywood Khabar January 15,2017 Comments

नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम्  युवा नेता प्रदिप पौडेलले तनहुंका विभिन्न मठ मन्दिरहरूका लागि सोलार वितरण गर्नुभएको छ। नेता पौडेलको पहलमा वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र वाट अनुदान सहयोग प्राप्त सोलार विभिन्न २१ मन्दिरहरूका लागि आइतबार दुलेगौंडामा एक कार्यक्रमको आयोजना गरि वितरण गरिएको हो।

नेपाली कांग्रेस क्षेत्रिय समितिको संयोजनमा आयोजित कार्यक्रममा वितरण पछि वोल्दै पौडेलले कांग्रेसले अव बिकास र सम्वृद्धीको मुद्धालाई प्राथमिकता दिने वताउनु भयो।
सोलार गाछेपानीको मुक्तिनाथ च्यवनधाम,शुक्लागण्डकी आठ को तिनखोले देवी,भानुमतिको शिद्धवाराही,साभुङ्ग भगवतिको थानी झाक्रि मन्दिरमा बितरण गरिएको हो ।त्यसैगरि माझकोटको कालावाला भैरव,भिमादको शिब मन्दीर,ढोरफिर्दी पाटनको शिवालय मन्दिर,दुलेगौंडा पुल्चोकको गुरुङ्ग गुम्वा र वौद्ध सदन (मगर) गुम्वा, मनपाङ्ग छविसेको अकलादेवी मन्दिर,शुकला गण्डकीवएकको भुलभुले वाराही लगायतका मन्दिरका  अध्यक्ष एवम् प्रतिनिधीलाई उक्त सोलार वितरण गरिएको थियो।