-Bal Kumari Ghimire

राग विराग-३

Hollywood Khabar November 07,2022 Comments

-बालकुमारी घिमिरे, गजलिका,नोवेम्बर ७, २०२२

 

दुई नाउँ चढ्ने बानी रैछ बसेको तिम्रो

त्यसैले मसँग दूरी बढ्दै गएको तिम्रो

 

चाहँदा रहेनछौ मलाई त्यसैले त

मेरो सफलताले दिल जलेको तिम्रो

 

लाग्थ्यो तिमी हौ मात्र मेरो मात्र मेरो

तर रहेछ मन अर्कै सँग अडेको तिम्रो

 

गर्दै नहिँड तिमी अर्थ बिनाका कुरा

नसोचे हुन्छ छु म सुर्तामा परेको तिम्रो

 

माया देखायौ यता दिल अन्तै दिएर

थाहा छ मलाई किन आँखा गढेको तिम्रो

बालकुमारी घिमिरेका साहित्य रचनाहरु

विराग-२

राग विराग-१

गजल:खलिल मुरब्बा

दायाँ छ खोला बायाँ छ खोला बिचमा जिन्दगी

कोपिला डाली

गद्य कविता-तीज!

नेपाली साहित्य र संगीतमा रुचि राख्ने इलामकी बालकुमारी घिमिरेको नयाँ गीत