-एनआरएनए एनसीसी अमेरिका:कोषाध्यक्ष पदका उम्मेदवार रकेट साइण्टिष्ट राजीब श्रेष्ठ

एनआरएनए एनसीसी अमेरिका:कोषाध्यक्ष पदका उम्मेदवार रकेट साइण्टिष्ट राजीब श्रेष्ठ

Hollywood Khabar March 12,2021 Comments

हलिउडखबर, मार्च १३, २०२१

रकेट साइण्टिष्ट तथा लडाकु विमान F35 का इन्जिनियर समेत रहेका राजीब प्रसाद श्रेष्ठ गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२०२३ कार्यकालमा कोषाध्यक्ष पदका लागि उम्मेदवार हुनुहुन्छ।

ललितपुरको झम्सिखेलमा जन्मनु भएका राजीब प्रसाद श्रेष्ठले आदर्श विद्या मन्दिर (AVM) बाट SLC र Kathmandu Valley Campus बाट ISc गर्नुभएको हो। त्यसपछि रसिया (USSR) को Latvia राज्यबाट Aerospace Engineering मा Masters गर्नुभएको थियो। यतिले पनि पुगेन र अमेरिकाबाट MBA समेतको अध्ययन गर्नुभएको छ।

श्रेष्ठ बौद्धिकताको उच्च स्तरमा हुनुहुन्छ। हाल पेशाले उहाँ एक रकेट साइण्टिष्ट हुनुहुन्छ। उस्तो त अत्याधुनिक बोइङ्ग B787 विमानको प्रमुख प्रोजेक्ट डिजाइनर पनि हुनुहुन्छ। यति मात्र होइन संसारकै सबैभन्दा शक्तिशाली लडाकु विमान F35 को Life Cycle Cost म्यानेजरको कार्यभार पनि समाल्दै आउनु भएको छ।

श्रेष्ठ १९९६ मा कामका शिलशिलामा अमेरिका आउनु भएको थियो। त्यसपछि बिगत १२ वर्ष देखी इण्डियाना पोलिसमा बस्दै आउनु भएको छ। उहाँले Riga Aviation University, Latvia बाट Aerospace Engineering मा मास्टर डिग्री प्राप्त गर्नुको साथै MI-8 को फ्लाइट ईन्जिनियरमा प्रशिक्षण प्राप्त गर्नु भएको छ।

बिगत २७ वर्षमा श्रेष्ठले विभिन्न मोडलका बोइङ र एयरबस विमानमा काम गरेर दक्षता हासिल गरेको अनुभव छ। उहाँले नयाँ B787 डिजाइन टोलीका लागि प्रोजेक्ट ईन्जिनियर भएर पनि काम गर्नुभएको थियो। रोल्स-रोयस (Rolls-Royce) कम्पनीमा अमेरीकाको डिफेन्स डिपार्टमेन्ट अन्तर्गत विश्वकै सर्व क्षेष्ठ Joint Strike Fighter Jet F35B मा पनि काम गर्नुभएको छ।

समाज सेवाको कार्य NAMI (National alliance of Mentally Ill) San Diego CA बाट सुरु गर्नुभएको कुरा उहाँले बताउनु भयो। त्यहाँ उहाँले South Asian Community लाई धेरै सहयोग गर्नुभयो। मानसिकता असंतुलन र मदिराको असरबारे बाल बालिका, महिला, पुरूष र परिवार माथि आउने समस्याकाबारे हाम्रो समाजलाई नजिकबाट बुझ्ने मौका पाएको कुरा उहाँले बताउनु भयो।

एनआरएनए एनसीसी अमेरिकाको इंडियाना राज्य च्याप्टरका संस्थापक अध्यक्ष तथा रकेट साइण्टिष्ट राजीब प्रसाद श्रेष्ठले कोषाध्यक्ष पदका लागि आफू उम्मेद्वार भएको कुरा हलिउडखबरलाइ जानकारी दिनुभएको छ। राजीब प्रसाद श्रेष्ठले २०१७ मा एनआरएनए एनसीसी अमेरिकाको इंडियाना च्याप्टरको अध्यक्षको रुपमा काम गर्नुभएको थियो। सो अबधिमा आफूले संस्थाकाबारे धेरै कुरा सिक्ने अवसर प्राप्त भएको कुरा श्रेष्ठले बताउनुभयो।

उसो त २०१९ को निर्वाचनमा बोर्ड सदस्यका लागि प्रतिस्पर्धा गर्नुभएका श्रेष्ठले जम्मा १६ मतले पराजय भोग्नु परेको थियो। त्यसपछि पनि निरन्तर एनआरएनए एनसीसी अमेरिकालाइ एउटा फरक रुपमा लाइजन निरन्तर हुनुहुन्छ श्रेष्ठ। युवा र दोश्रो पुस्तालाई अगाडि लैजाने सोच राख्ने श्रेष्ठको संयोजनमा Dream Big Challenge कार्यक्रमको संयोजन र फण्ड ब्यब्स्स्थापनमा पनि सक्रिय रहनुभयो।

गैरआवासीय नेपाली संघमा भने STI कमिटीको सहसंयोजक जस्ता काम पनि पुरा गर्नु भएको छ। यसबाहेक प्रोजेक्ट ब्यबस्थापनमा पनि उच्च दक्खल राख्नुहुन्छ। बिगत २५ वर्ष देखी आर्जन गरेको विभिन्न कर्पोरेटहरुको काम, अमेरिकाको रकेट साइन्स संबन्धि प्रोजेक्ट ब्यबस्थापन लगायत समाज सेवाका क्षेत्रका अन्य अनुभवलाई एनआरएनको अभियानमा परिचालन गर्ने उहाँको योजना रहेको छ।

एनआरएनए एनसीसी अमेरिकालाई संस्थागत रुपमा आर्थिक रूपान्तरण गरेर समृद्ध गर्न आफूसँग ठोस नीति, नियम र प्रकृया भएको कुरा उहाँले बताउनुभयो। इन्डियाना समुदायमा सामाजिक कार्यकर्ताको रूपमा पनि परिचित श्रेष्ठ बिगतमा नेप्लीज एसोसिएशन अफ इंडियाना (NAI) को संस्थापक महासचिव पनि हुनुहुन्थ्यो। पछि कोषाध्यक्ष र उपाध्यक्ष जस्ता जिम्मेवारी पनि पुरा गर्नुभएको थियो।

अन्तमा, आफूले करोडौं डलरको प्रोजेक्ट ब्यबस्थापन गरेको अनुभव भएको र थुरै श्रोतहरु समेत जानेकोले पनि यो कोषाध्यक्ष पदका लागि निर्दिष्ट भएको दावी गर्नुभयो। हालसम्म कोषाध्यक्ष भनेको डेबिट-क्रेडिट मात्रको जिम्मेवारी रहेकोमा आफ्नो कार्यकालमा भने श्रोत विकास र आर्थिक रुपमा सफल बनाउएन कुरा बताउनुहुन्छ। आफूसँग संस्थालाई आर्थिक स्वावलंवन गर्ने धेरै योजना भएकाले आफूलाइ कोषाध्यक्ष पदमा मत दिनको लागि रकेट साइण्टिष्ट राजीब श्रेष्ठले अनुरोध गर्नुभएको छ।