साङ्केतिक तस्बिर:साभार वेब

रामबहादुर बमजन फरार भएपनि उनीमाथि बलात्कार मुद्दा

Hollywood Khabar June 29,2020 Comments

१६ असार काठमाण्डौं।धर्मगुरु बताउने रामबहादुर बमजनमाथि नाबालिकालाई बलात्कार गरेको कसुरमा प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको छ।जिल्ला प्रहरी कार्यालय, सर्लाहीले अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ।केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को सहयोगमा प्रहरीले उनीमाथि अनुसन्धान गरेको हो।०७३ सालमा सर्लाहीको आश्रममा एक बालिकामाथि यौनशोषण गरेको अभियोग बमजनमाथि छ। पीडितकै जाहेरीका आधारमा  अनुसन्धान पूरा गरी सरकारी वकिल कार्यालयमा मिसिल बुझाइएको छ।गत २३ फागुनमा जिल्ला अदालत सर्लाहीले बमजनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

त्यसयता प्रहरीले सिन्धुलीस्थित उनको आश्रममा तीनपटक छापा मारिसकेको छ।तर,पक्राउ गर्न नसकेपछि फरार प्रतिवादी बनाएर मुद्दा चलाउन लागिएको हो।मुद्दाको हदम्याद सकिन लागेकाले मुद्दा बुझाइएको प्रहरीको भनाइ छ।मुलुकी अपराध संहितामा जबर्जस्ती करणी मुद्दामा पीडित नाबालिका भएको अवस्थामा १८ वर्ष उमेर पुगेको एक वर्षभित्र मुद्दा दायर गरिसक्नुपर्ने प्रावधान छ।केही दिनभित्रै पीडित १९ वर्ष पुग्न लागेकाले प्रहरीले मुद्दा दायर गर्न लागेको हो।