२०७४ ले संविधान कार्यान्वयन सगै देखाएकाे आशा र भरोसा
२०७५ मा पुरा गर्ने गरि तिमि हाम्रो घर आगनमा आउ।
भ्रष्टाचार निर्मुल नै त गर्न सक्दैनौ होला
सदाचारिहरु समाजमा बढाउने गरि आउ
सम्बृद्ध नेपाल सुखी नेपाली बनाउन सरकारको
इच्छा शक्ति र सुदृढ मस्तिष्क बनी आउ
तिमी बिप्लबलाइ बुद्ध चिनाउने गरि आउ
हिन्दु धर्म माथी ठाडो बलात्कार गर्नेहरुलाइ
साम्प्रदायिक कठघरामा उभ्याउने गरि आउ
सिटामोल खान नपाएर मृत्यु अङालिरहेकाहरुका लागि
नेपाल औषधि लिमिटेड भएर आउ
रेमिटेन्स र सवारी भन्सार महसुलले देश चलाउछु भन्ने सोचलाई
कृषि, जलविधुत ,पर्यटन उध्योगमा बद्ल्ने गरि आउ।
एजेन्टमै रमाउने निजि क्षेत्रलाइ उधोगी बनाइ
आयातलाई प्रतिस्थापन गरि निर्यात बढाउने गरि आउ
प्रत्येक दिन काठ्को बाकसमा बन्द भएर आउने लासहरुलाइ
स्वदेस मै पसिना बगाउन पाउने बाताबरण बनाउने गरि आउ
काङ्ग्रेस, एमाले, माअाेबादी, फोरम कुनै पार्टीको भएर होइन
२०७५ हामीलाई परिवर्तनको अनुभुती गराउने गरि आउ ।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु