-Bal Kumari Ghimire

राग विराग

Hollywood Khabar October 17,2022 Comments

-बालकुमारी घिमिरे, गजलिका, अक्टुवर १७, २०२२

 

आयो चाड तिहार उल्लास छायो

भाइ आउला भन्ने आसा जगायो।

 

पोहोर सुक्यो फूल उनिएन माला

यो साल आउँछु भन्ने खबर पठायो।

 

भेला हुने कुरा छ रे माइती घरमा

अरूलाई हँसायो मलाई रुवायो।

 

खोजी गर्दै आएँ अवसर विदेशमा

अवसरको रसीले बधुवा बनायो।

 

थियो आश बिदा पाउँछु कि भन्ने

साहुले नमिल्ने खबर सुझायो।

 

छ मन उतै पलपल सताउँछ साथी

मर्नु न बाँच्नुको ठाउँमा पुर्‍यायो।

बालकुमारी घिमिरेका साहित्य रचनाहरु

गजल:खलिल मुरब्बा

दायाँ छ खोला बायाँ छ खोला बिचमा जिन्दगी

कोपिला डाली

विराग

गद्य कविता-तीज!

नेपाली साहित्य र संगीतमा रुचि राख्ने इलामकी बालकुमारी घिमिरेको नयाँ गीत