पोखरामा जारी आहा रारा गोल्डकप खेल्न नेप्लिज अमेरिकन टिम पोखरा आएको छ

Hollywood Khabar January 17,2017 Comments

एसोसिएसन अफ नेप्लिज इनअमेरिकाज ANA को सहकार्यमा करिव पच्चीस जनाको टोलि नेपाल आएको हो। ANA का अध्यक्ष मेदिनी अधिकारीले अमेरिका बसेपनी मन सधै नेपालमा रहने भन्दै पहिलो पटक पन्ध्रौं आहा रारा गोल्ड कप खेल्न पोखरा आएको बताउनु भयो। उहाले खेलकुदका माध्यम बाट भावना साट्न आएको बताउनु भयो।
सोही विसयलाई लिएर बुधवार पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै खेल संयोजक चन्द्रलामाले आफ्नो देशमा खेलाडी ल्याएर खेलाउन पाउदा दोश्रो पुस्ताका खेलाडीलाई खेलको माध्यम बाट नेपालमा सहभागिता जनाउनु ठुलो कुरा भएको भन्दै आगामी खेलमा खेलाडीलाई कर्म भुमि बाट जन्म भुमी  देश नेपालमा ल्याउने कुरालाई निरन्तरता दिइने बताउनु भयो।

कार्यक्रममा ANA 1017 का कन्भेनर बिजय श्रेष्ठले नेपाल बाट अमेरिका गएर बसोबास गरेका खेलाडीहरुलाइ जन्म भुमि नेपालका खेलाडी सङ्ग भाइचाराको नाता गास्दै  समन्वय गरि पुलको काम गरेको बताउनु भयो। टिम क्याप्टेन प्रलय राज भण्डारीले खेलमैदानको अप्ठ्यारोको बाबजुद  खेलाडी राम्रा भएकोले जित्ने सम्भावना भएको भन्दै कप जितेमा उक्त  पुरस्कार उदेश्य राम्रो बोकेको आयोजक साहारा क्लबका बेसाहरा बालबालिका लाई  दीइने बताउनुभयो ।खेलाडीलाई प्रशिक्षक द्वय सुरज थापा र कुमार शेरचनले प्रसिक्षण दिनुभएको छ।