-राष्ट्रपति भण्डारीद्धारा बुद्धको मूर्ति उद्घाटन र बिष्णुको प्रस्तर मूर्तिको शिलान्या सम्पन्न

राष्ट्रपति भण्डारीद्धारा बुद्धको मूर्ति उद्घाटन र बिष्णुको प्रस्तर मूर्तिको शिलान्या सम्पन्न

Hollywood Khabar November 04,2022 Comments

किरण बुढाथोकी, मुक्तिनाथ, नोवेम्बर ४, २०२२ शुक्रबार/राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङमा रहेको प्रशिद्ध तिर्थस्थल मुक्तिनाथ क्षेत्रमा गैरआवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाको व्यक्तिगत लगानीमा बनेको भगवान बुद्धको ३५ फिट अग्लो मूर्तिको अनावरण गरेकी छन्। साथमा लो मुस्ताङ हिमालयन रिसोर्ट उद्घाटन सम्पन्न भएको छ।

सोहि अबसरमा राष्ट्रपति भण्डारीले मुक्तिनाथ मन्दिर परिसरमा नै गैरआवासीय नेपाली संघका निवर्तमान प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा शेष घले तथा श्रीमती जमुना गुरुङ घलेद्वारा निर्माण गर्न लागिएको भगवान बिष्णुको प्रस्तर मूर्तिको शिलान्यास समेत गरेकी छन्।

कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले मुक्तिनाथ क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि आग्रह गरिन। विश्वमा बढ्दै गएको जलवायु परिवर्तनलाई ध्यानमा राख्दै मुक्तिनाथ क्षेत्रलाई पनि त्यहि अनुसार ध्यानमा राखेर विकास गर्नुपछ। यो क्षेत्रमा धार्मिक पर्यटकबाट भएको आम्दानी मुक्तिनाथ क्षेत्रका जनताको जीवनस्तर उकास्नेगरी पर्यटकीय पुर्वाधारमा लगानी गर्न समेत आग्रह गरिन।

संघका पूर्व अध्यक्ष डा शेष घलेले मुक्तिनाथ क्षेत्रमा पर्यटन प्रबर्धनका लागि भैरहेको विकास निकै सुस्त भएकाले पर्यटक आकर्षित गर्न पर्यपटकीय पुर्वाधार निमार्ण कार्यलाई तीव्रता दिन स्थानीय तथा सम्बन्धीत निकायले विशेष जोड दिनुपर्ने कुरा बताए।

होटल संचाकल तथा निर्माणकर्ता सोनाम लामाले लो मुस्ताङ हिमालय रिसोर्ट, भगवान बुद्ध र भगवान बिष्णुका सो बिशाल मुर्ताहरुले सो क्षेत्रको धार्मिक र पर्यटकहरुको वृद्धि हुने कुरा विश्वा गरिएको छ। कालिगण्डकी करिडोरमा सडक तथा अन्य पूर्वाधार पुगेसँगै पर्यटक आगमन पनि बढ्दो भए पनि बढ्दै गएकाले स्तरीय होटल निर्माण गरिएको कुरा संचालकहरुएल बताएका छन्।

करिब १०० रोपनीमा फैलिएको सो होटल परिसरबाट चारै दिशामा हिमाल अवलोकन गर्न सकिनेछ। निलगिरी धौलागिरी जस्ता मनमोहक हिमालको घेराभित्र रहेजस्तै देखिने सो होटलमा पर्यटकको सेवाका लागि साउना, स्पादेखि घोडाचढी सुविधा उपलब्ध हुनेछ। उसो त रानीपौवा हाइटमा रहेको होटल क्षेत्रमै करिब ५०० बोटको स्याउ फार्म पनि छ।

विष्णुको मूर्ति स्थापना र सम्बन्धित अन्य संरचना निर्माणका लागि ९ करोड रुपैयाँ लागत लाग्ने आंकलन छ। जहाँ संघका पूर्वअध्यक्ष घलेले ५० लाख रुपैयाँ सहायता गरेका छन्। मूर्ति पाटन औद्योगिक क्षेत्रमै निर्माण भैरहेको छ।

बुद्धको मूर्ति निर्माणमा करिव ६ करोड रुपैयाँ लगानी भएको हो। धार्मिक र पर्यटकीय पूर्वाधार थपिएसँगै मुक्तिनाथ मन्दिर नजिकैको रानी पौवामा यी संरचनाहरु बनाइएको हो। समुद्र सतहबाट करिव ३ हजार ७१० मिटर उचाईमा रहेका बुद्ध मूर्ती र रिसोर्टबाट ३६० डिग्रीमा चारैतर्फ हिमालको दुष्यावलोकन गर्न सकिन्छ ।

मुक्तिनाथ भगवान विष्णुको जन्मस्थान रहेको भनाई छ। स्कन्द पुराणमा उल्लेख भए अनुसार करिव ८०० वर्ष पहिले यहाँ साधुहरुले मन्दिर स्थापना गरेका थिए। हिन्दु र बौद्धमार्गीको साझा तिर्थस्तल रहेको मुक्तिनाथ क्षेत्रमा विभिन्न गुम्बाहरु पनि छन्।

परम्परागत धार्मिक संरचनाको संरक्षण र सम्बद्र्धन गर्ने गरी मुक्तिनाथ विकास गुरु योजना छ। सोही गुरु योजनाको महत्वपूर्ण संरचना बुद्ध मूर्तिको स्थापना र विष्णु भगवानको मूर्ति शिलान्याशमा आफु संलग्न हुँन पाउँदा खुसी लागको मुर्तिका परिकल्पनाकार तथा गैरआवापिसय नेपाली संघका निवर्तमान उपाध्यक्ष सोनाम लामाले बताए। मूर्ति आसपास क्षेत्रमा ध्यान योग तथा दृश्यावलोकनका लागि उपयुक्त हुने गरी पार्क तथा अन्य संरचना पनि बनाइएको छ। पाँच स्तुप र ११ ढुंगेधारा पनि त्यहाँ बनेका छन्, लामाले बताए। सन् २०१३ देखि यो परियोजनामा जुटेका लामाले आफ्ना श्रीमती र छोरा-छोरी समेतको करिव ६ करोड रुपैयाँ लगानीमा पूर्वाधार निर्माण गरेको जनाए।
अमेरिकामा २७ वर्ष विभिन्न व्यवसाय गर्दै आएका लामा गैरआवासीय नेपाली संघमा करिब १३ वर्ष देखि सक्रिय रहेका छन्। काठमाण्डौको ठमेलमा १०० बेड क्षमताको होटल लो मुस्ताङ पनि सञ्चालनमा ल्याउने अन्तिम तयारी भईरहेको लामाले जानकारी दिए।