-रवि बिरुद्ध मिशन गर्ने नेतामा आफ्नो गल्ति सार्वजनिक गर्ने क्षमता छ त?

रवि बिरुद्ध मिशन गर्ने नेतामा आफ्नो गल्ति सार्वजनिक गर्ने क्षमता छ त?

Hollywood Khabar February 04,2023 Comments

राजनैतिक पार्टीको पत्रकार संस्था खोल्छन स्वतन्त्र पत्रकारिताको कुरा गर्छन। फलाना पार्टीको समूहलाइ मत दिउँ भनेर पत्रकार महासंघमा चुनाव लड़छन। स्वतन्त्र पत्रकारिताको बक्तब्य दिन्छन। यो प्रवृति नै पत्रकारितामा सबै भन्दा ठुलो कलंक हो।

बाम र प्रजातान्त्रिक समूह भनेर नेपाल बार एशोसियशनको चुनाव लड्नेको बहस बायस हुन्छ की न्यायिक ? यो कानुनको ब्यबसायमा अर्को कलंकको प्राक्टिश हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामीछाने बिरुद्ध मिशन सुरु गर्ने श्रेष्ठ थरका चर्चित पत्रकार तथा वाम राजनैतिक नेताका कारण एउटी नेपाली नायीकाले आत्महत्या गर्न बाध्य भएकी थिइन। के उनको केशले न्याय पायो त ?

पावर ब्रोकर मिडिया बिजनेश गर्ने कान्तिपुरको त लंगौटीनै खुस्केको छ। पैसा लिएर लेख्ने सेतो पाटीको हैसियत त देखेकै हो, अब उजागर भएको छ। ज-जसको नाम उनले लिए ती-ती सबैलाइ सत प्रतिशत रुपमा झटारो लागेको छ, सत्यता छ। कुनै पनि गलत कुरा छैन। प्रमाणका आधारमा आरोप लगाउनु र उजागर गर्नु नै सत्य प्रेसमिट हो। यति मात्र होइन उनले काम गर्ने प्रतिबद्धता समेत गरे। आफू कानुन अनुसारको सजाय भोग्न तयार भएको कुरा राखे। रंगे हात भेटिएका कृष्ण महराले आफू निर्दोष भएको बताउँछन्। जिउँदो प्रहरी जलाउने मान्छे निर्दोष भएको दावी गर्छ। के आफ्नो गल्ति यसैगरी उजागर गर्ने क्षमता अन्य पार्टीका नेतामा छ त ?

मन्त्री हुँदा ३३ करोड भन्दा धेरै रकम विदेशमा लगानी गर्न लग्ने नेता नेपालमै छन्। भारतको नोयडामा घर बनाउन भारतीय क्रेडेन्शिल लिने नेतामा पनि नेपालमा नै छन्। के उनीहरुमा रविको जसरी बोल्ने क्षमता छ त ? एमाले नेता केपीशर्मा ओलीले रविको पक्षमा बोले पनि ड्रप जोनमा लगेर खसाल्छन त्यो कुरा भने सत्य हो।

मलाइ प्रधानमन्त्री बनाइदेउ भनेर भारत र चीन धाउने नेतामा त्यो क्षमता छ त ? आरोपित ती संचारगृहहरुमा नै सफाई लिने क्षमता छ त ? भारतीको गलत कुरा उठाउने र सुझाव दिने क्षमता अरु नेताहरुमा छ त ? संसारले गो ब्याक इण्डिया भन्दा दुलोमा लुक्ने गगन थापाहरुमा त्यो क्षमता छ त् ? प्रश्न अब रवितिर होइन यिनै सबै आरोपितहरुतिर लगाउने बेला भएको छ।

नेपालमा जनयुद्धको नाममा हजारौं मारिए, घरबार बिहिन भए त्यसलाई हिन्दिमा १२ बुंदे तथास्तु गरियो। अङ्ग-अङ्ग काटेर बिभस्त हत्या गरियो फेरी पनि ती हत्याराहरुले नेपालको कुनै पनि न्यायालय या प्रशासनबाट सफाई लिएका छैनन। पिडित पक्षको मुद्दा दर्ता हुँदैनन १२ बुंदे सहमति भनेर खारेज गरिन्छ। अझै पनि उनीहरु नै सरकारमा छन्। के यो न्याय हो त ?

झापालीहरु मात्र होइन नेपालीहरु पनि सट्टा गरेर भुटानी बनेका छन् त्यसको प्रपन्च मिलाउने पनि नेपाली राजनीति र प्रशाशन नै हो। भारतीय र चिनियालाइ नागरिकता दिने पनि त्यहि प्रपन्च हो। भारतीय स्थानीय चुनाव लडेका देवेन्द्रराज कडेल नेपालका पूर्व गृहराज्यमन्त्री हुन सके र अझै नेता नै छन्। के त्यो बिषय उठ्नु पर्दैन ?

तर बंसजको आधारमा नेपाली नागरिकता लिएको रवि लामिछाहरु जुनै पनि देशका नागरिकता लिए पनि नेपालको नागरिकता त्याग्नु पर्दैन। वंसजको नागरिकता भनेको प्राकृतिक रुपमा रहन्छ, त्यागे मात्र समाप्त हुन्छ। उसै पनि नेपालका संचार र राजनैतिक पार्टीहरुले एउटा व्यक्ति रवि लामिछानेका बिरुद्ध मिशन गर्नुपर्ने कारण के थियो भन्ने प्रश्न छ।

रवि लामिछाने र उनले नेतृत्वको गरेको पार्टीको प्रेस मिटमा सबै कुरा सुन्दा एउटा पनि खराव कुरा देखिएन। सबै कुरा खुलस्त छन्। चुनौती दिएको छ। भएका र लुकाइएका कुरा देखाइदिएका छन्। यस्तै तागत अन्य पार्टीका सभापतिमा छ त? संचार क्षेत्रमा छ त ?

अझै केहि संचार संस्थाले बिरुद्धमा बक्तब्य दिने काम गरे। मुर्दालाई पिट्न तम्सने नेपाल पत्रकार महासंघ लगायत संचार संस्थाहरुले बक्तब्य दिनु भनेको आफ्नै खिल्ली उडाएको देखियो। राजनैतिक पार्टीको प्रचार बिभाग सरह पत्रकारको सँस्था बनाउने अनि प्रेस स्वतन्त्रताको बक्तब्य दिने ? साकाहारी बाघ ?

उनको पार्टीले सरकारबाट निस्कने निर्णयसँगै रास्वपा पुरै रुपमा हिरो भएको छ। डर त्यागेर गल्ति सुधारको दिनबाट जित सुरु हुन्छ। अबको चुनावमा अर्को ठुलो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी नै हो।

रवि लामिछाने संबन्धि समाचारहरु

गृहबारे निर्णय लिन रास्वपाको दुइ दिनको अल्टिमेटम

अनागरिक, नागरिक, सदस्य, केन्द्रिय सदस्य, सभापति:मिनेटमा गए ह्याट्रिक गर्दै आए रवि

रवि लामिछानेले अदालतीवाला नागरिकता पाएपछि के गर्ने होला ?

रवि लामिछाने देशबिनाको नागरिक, किनेको सत्ताले बेचेको न्याय

हामीलाई नमात्तिने गरी, पुराना दलहरुलाई सच्चिने गरी नागरिकले मत दिए:सभापति लामिछाने

एनआरएन र नेपाल जोड्ने नागरिकताको बिषयमा सरकार सकारात्मक छ:मन्त्री लामिछाने

हामीलाई नमात्तिने गरी, पुराना दलहरुलाई सच्चिने गरी नागरिकले मत दिए:सभापति लामिछाने

उपप्रधान तथा गृहमन्त्री लामिछानेको राहदानी विभाग अनुगमन

बाद र बृद्धले नेतृत्व गर्ने पुरातन सोच तोडेका लामिछाने मात्र प्रजातान्त्रिक सोचका मन्त्री

रास्वपा नै पहिलो प्रजातान्त्रिक पार्टी, रविको स्पिडसँग सबै दल तर्सिएका छन्

निर्वाचित सांसद रवि लामिछानेसँग जोडिएर हाम्रो पनि बिषय उठेपछि एनआरएनएको ध्यानाकर्षण भएको छ

निर्वाचित सांसद रवि लामिछानेको नागरिकता विवाद सृजित हाउगुजी, कानुनि पाटो सहित

चितवन २ बाट लामिछाने तेब्बर भन्दा बढी मतले प्रतिनिधिसभामा बिजयी