-निर्वाचित सांसद रवि लामिछानेसँग जोडिएर हाम्रो पनि बिषय उठेपछि एनआरएनएको ध्यानाकर्षण भएको छ!

निर्वाचित सांसद रवि लामिछानेसँग जोडिएर हाम्रो पनि बिषय उठेपछि एनआरएनएको ध्यानाकर्षण भएको छ

Hollywood Khabar December 09,2022 Comments

निर्वाचित सांसद रवि लामिछानेसँग जोडिएर हाम्रो पनि बिषय उठेपछि एनआरएनएको ध्यानाकर्षण भएको छ!

सर्वप्रथम त मंगसिर ४, २०७९ मा सम्पन्न नेपालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा निर्वाचित हुनुभएका सम्पूर्ण निर्वाचित माननीय सांसदज्यूहरुलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दछ।

गैरआवासीय नेपाली संघ र नेपाल सरकारबिच संबैधानिक र अन्य कानुनी मात्र होइन आर्थिक, उद्योग, ब्यबसाय, ब्यापार, सांस्कृतिक, सामाजिक, धार्मिक, राष्ट्रियता र भावनात्कम जस्ता धेरै कुरामा संबन्ध जोडिएका छन्। त्यसमाथि गैरआवासीय नेपालीहरुलाई नेपालको वर्तमान संबिधानले राजनैतिक बाहेक सबै अधिकार प्राप्त गैर आवासीय नेपाली नागरिकताको समेत ब्यबस्था गरेको छ। हाम्रो माग भनेको नेपाली नागरिकताको निरन्तरता भन्ने दोहोरो नागरिकताको लागि थियो। तर मौजुदा संबिधानमा दोहोरो नागरिकताको ब्यबस्था नभए पनि गैरआवासीय नेपाली नागरिकतालाइ एक तहको उपलब्धिको रुपमा स्वीकारेका छौं। त्यसका लागि आगामी दिनमा निरन्तर लवी गर्नु नै हाम्रो मुख्य जिम्मेवारी रहेको छ।

यति मात्र होइन नेपालको वर्तमान संबिधान, नेपाल सरकारको एनआरएन ऐनले गैरआवासीय नेपालीहरु, नेपाल, नेपाल सरकार, नेपाली नागरिक, नेपालको संसद र माननीय सांसदज्यूहरुसँग थुप्रै बिषयमा जोडेको छ। हाम्रा लागि लवी गर्नको लागि माननीय सांसदज्यूहरुको सहयोग निरन्तर रुपमा हुनु महत्वपूर्ण हुनेछ, आवश्क्यक पर्नेछ। साथमा हामी गैरआवासीय नेपालीहरुको योगदान पनि नेपाल सरकार र नेपाली संसदको लागि उत्तिकै रुपमा सहकारी सावित हुनेछ। हामी पनि त्यसका लागि प्रतिबद्ध छौं। तसर्थ हामी एनआरएनहरु नेपालको संसदबाट भिन्न होइन आपसी रुपमा जोडिएका अभिन्न भाग हौँ भन्ने हाम्रो विश्वास रहेको छ।

यसै क्रममा चितवन जिल्ला क्षेत्र नम्बर २ बाट प्रतिनिधसभामा निर्वाचित हुनु भएका माननीय सांसद रवि लामिछानेज्यू र आम गैरआवासीय नेपालीहरुलाइ जोडेर धेरै कुरा मिडिया र सोसल मिडियामा आएपछि हाम्रो ध्यानाकर्षण भएको छ।

हामी निर्वाचित माननीय सांसद रवि लामिछानेज्यूलाइ हार्दिक बधाई साथमा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं। यसका साथमा भविष्यमा गैरआवासीय नेपाली संघका बिषयलाई लिएर यहाँबाट लवी गर्दै संसदसम्म हाम्रा कुरा पुग्छन भन्ने हामीले विश्वास गरेका छौं।

पछिल्लो समयमा आएर उहाँको नागरिकताको बिषयलाइ लिएर धेरै कुरा उठेका छन्। हामीले त्यसलाई नजिकबाट हेरी रहेका छौं। यसै बिषयमा हामीले कानुनका बिज्ञ समेतको राय लिएको नै छौं।

नेपालको मौजुदा संबिधान ले भाग २ को धारा १० देखि १५ सम्म नेपाली नागरिकता संबन्धि ब्यबस्था गरको छ। धारा १३ ले नागरिकताको प्राप्ति, समाप्ति र पुन:प्राप्ति संबन्धि ब्यबस्था गरेको छ। त्यसैगरी धारा १४ ले गैरआवासीय नेपाली नगरिकता दिन सकिने ब्यबस्था गरेको छ। धारा १५ ले चाहिं नेपाल सरकारलाइ नागरिकता लिएको, त्यागेको र पुन:प्राप्त गरेको रेकर्ड राख्नुपर्ने बाध्यकारी ब्यबस्था गरेको छ।

मौजुदा संबिधानका आधारमा बनेका नागरिकता संबन्धि मौजुदा नेपाल नागरिकता ऐन २०६३ को दफा १० को उपदफा १, २, ३, ४ र ५ ले नागरिकता नरहने र पुन:कायम रहने संबन्धि ब्यबस्था गरेको छ। सोहि दफाको उपदफा ५ मा नेपालको नागरिकले विदेशी मलुकुको नागरिकता प्राप्त गरेको छ वा छैन भन्ने प्रश्न उठेमा तोकिएको अधिकारीले प्रचलित कानून बमोजिम निर्णय गर्ने ब्यबस्था गरेको छ।

त्यसैगरी सोहि ऐनको दफा ११ ले पुन नेपाली नागरिकता कायम हुने ब्यबस्था समेत गरको छ। यसमा भनिएको छ:

११. पनुः नपेाली नागरिकता कायम हुने:- कुनै नपेाली नागरिकले बिदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुन: नेपालमा आइ बसोबास गरेको र बिदेशी मुलुकको नागरिकता त्यागेको निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुन: कायम हुनेछ।

यसका आधारमा बाँकी कुरा सबैमा प्रष्ट हुने नै छ भन्ने हाम्रो विश्वास रहेको छ।

यसै कुरालाई मौजुदा नेपाल नागरिकता निवामावाली २०६३ ले नेपालको मूल कानुन र ऐन दुबैसँग धेरै हदसम्म बाझिने गरि नागरिकताको पुन:प्राप्ति संबब्न्धि कार्यविधि बनाएको छ। कुनै पनि कार्यविधि र निवामावाली मूल कानुन र ऐनसँग बाझिएमा स्वतह खारेज हुने ब्यबस्था छ।

यसर्थ माननीय लामिछानेज्यूको नागरिकताको बिषय छानविन, छलफल र चासोको बिषय होला तर पनि मौजुदा कानुन र अन्य दस्तावेजले त्यसो देखाएन भन्ने हाम्रो बुझाइ हो। तर हामीले जो कसैले पनि कानुनको बिरुद्दमा काम गर्नु पाउँछ या सक्छ भन्ने होइन। कानुन भन्दा माथी कोहि पनि छैन, यदि कसैले कानुन बिरुद्ध गरेमा कारबाहीको भागीदार हुनुपर्छ भन्ने कुरामा हामी विश्व्त छौं।

तर ति सबै बिधि र कानुनी कुरा प्रक्रियामा जाँदा मौन रहने र आफूलाई राजनैतिक रुपमा घाटा र फाइदाको अवस्थामा आउँदा भने दावी गर्नुमा संबन्धित निकाय पनि जिम्मेवार हुन्छ भन्ने हाम्रो विश्वास हो।

बिषय जे सुकै भएता पनि निष्पक्ष छानिविन होस् र उहाँ र उहाँ जस्ता अरु कोहि पनि पिडित या दोषी छन् भने उनीहरुले पनि उचित न्याय पाउन भन्ने कुरामा हामी ध्यानकर्षण गराउन चाहन्छौं।

जानकी गुरुङ

महासचिव

गैरआवासीय नेपाली संघ

डिसेम्बर ९, २०२२ शुक्रबार