-एनआरएनए एनसीसी अमेरिका:बोर्ड सदस्यका उम्मेदवार रवि सिंह बस्नेत

एनआरएनए एनसीसी अमेरिका:बोर्ड सदस्यका उम्मेदवार रवि सिंह बस्नेत

Hollywood Khabar March 15,2021 Comments

हलिउडखबर, मार्च १६, २०२१

रवि बस्नेत गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचन २०२१-२०२३ कार्यकालमा बोर्ड सदस्य पदका लागि उम्मेदवार हुनुहुन्छ।

नेपालको मकवानपुर जिल्लाको चर्चित हेटौँडामा जन्मनु भएका बस्नेतले मकवानपुर बहुमुखी कलेजबाट पढाइ सकेर केहि समय नेपालको सरकारी जागिर पनि गर्नुभयो। त्यसपछि केहि समय ब्यबसाय गरेर २०१६ मा अमेरिका आउनुभयो। अमेरिका आउनु पूर्व खासगरी नेपाली फिल्म उद्योगतिर उहाँको धेरै उठबस थियो।

२०१७ मा एनआरएनए एनसीसी अमेरिकाको सदस्यता लिएर एकै पटक हेल्प डेस्क टास्कफोर्स बाट काम सुरु गर्नुभएका बस्नेत २०१९ मा इमिग्रेशन एण्ड सिटिजनशिप कमिटीको को-चेयर हुनुहुन्छ। यो पटक चाहिं बोर्ड सदस्यका लागि उम्मदेवार हुनुहुन्छ।

पछिल्लो समय नेपाली जनसम्पर्क समिति अमेरिकाका गतिबिधिमा सक्रिय बस्नेत द व्हाइट जोन र लायन्स क्लबमा जस्ता संस्थामा पनि सक्रिय हुनुहुन्छ। यसबाहेक सान फ्रान्सिस्को बे एरियामा अन्य सामाजिक गतिबिधिमा पनि सक्रिय हुनुहुन्छ।अब भने एनआरएनए एनसीसी अमेरिकाको लागि काम गर्न बोर्ड सदस्यमा उम्मेदवार भएको कुरा हलिउडखबरलाइ बताउनुभयो।