-उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने

बाद र बृद्धले नेतृत्व गर्ने पुरातन सोच तोडेका लामिछाने मात्र प्रजातान्त्रिक सोचका मन्त्री

Hollywood Khabar December 26,2022 Comments

बाद र बृद्धले नेतृत्व गर्ने पुरातन सोच तोडेका लामिछाने मात्र प्रजातान्त्रिक सोचका मन्त्री

सायद नेपाली समुदायमा ६५ नकाटेसम्म प्रधानमन्त्री हुन हुन्न भन्ने सोच होला या भनौं जवान र युवाहरुले पहिला बर्षौं पाउ मल्नुपर्छ अनि आफू बृद्ध भएपछि बल्ल गुटको बलले राजनीतिमा पुग्नुपर्छ भन्ने सोच छ। त्यसैले कहिले हाइट पुगेन त कहिले बाद पुगेन भनेर टार्ने गर्छन।

तर १० बर्ष सम्म गृहयुद्ध गरेर सयौं हजारौंको ज्यान मराएर प्रधानमन्त्री भएका पुष्पकमल दाहालको नेतृत्वको पार्टी, केपी शर्माको एकाधिकार नेतृत्वको नेकपा एमाले लगायत सबै नै अप्राजान्त्रिक पार्टीहरुको मिलिजुली सरकारमा एक मात्र प्रजातान्त्रिक पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका रवि लामिछाने एक शक्तिशाली जिम्मेवारीमा पुगेका छन्।

सञ्चारकर्मी भनेर बहु चर्चित रुपमा रहेका रवि लामिछानेले असार ७, २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर आफू अध्यक्ष भएको पार्टी राष्ट्रियसभागृहबाट भब्य रुपमा घोषणा गर्दै राजनीतिमा आएका थिए। सक्रिय राजनीतिमा लागेको ६ महिनामै डिसेम्बर २५, २०२२ आइतबार गठन भएको मन्त्रीमण्डलमा उपप्रधान सहित गृहमन्त्री भएर रवि लामिछाने नेपाली राजनीतिमा छलफलको बिषय मात्र भएनन उल्टा राजनीति नै सिकाइदिएका छन्।

राजनीति भनेको पेशा र बर्षौं गर्ने होइन निरन्तरता पनि होइन बरु क्षमता भएकाले निश्चित समयको लागि निर्वाचित प्रतिनिधि हुनको लागि गर्ने प्रयास हो। यसर्थ सबै र सधैका लागि व्यक्ति राजनीतिज्ञ हुनु जरुरी छैन। जो निर्वाचित भएर काम गर्ने हो उसैले प्रयास गर्ने हो। कतिपयलाइ यो कुरा अंगुर भन्दा पनि अमिलो होला तर पनि राजनीतिमा यथार्थ चाहिं यहि हो।

मंसिर ४, २०७९ मा भएको चुनावमा चितवन २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए। यति मात्र होइन उनको पार्टी रास्वपा २० सिटसहित संसदको चौथो ठूलो दल बन्यो, केवल ६ महिनामा। अझै भन्नुपर्दा उनले ४-५ महिना मात्र राजनीतिको गर्न पाएका थिए।

७५ बर्ष राजनीति गरेर पटकौं मन्त्री बन्नेले बाद र के के नामले कमेन्ट गरेता पनि यो पार्टीले निर्वाचनको नतिजाबाट देखाई दिएको छ। मन परे या नपरेपनि अब आम नागरिकले पत्याउनु पर्छ मात्र होइन नेपाली कांग्रेसले त गतिलोसँग सिक्नु नै जरुरी भएको छ।

अहिले उनि उपप्रधान तथा गृहमन्त्री जस्तो शक्तिशाली जिम्मेवारीमा पुगेका छन्। यदि यहि स्पिड र नागरिकका सामाजिक र आर्थिक हितका काम गर्दै गए भने जति दागा धरेपनि जनमतले अर्को पटक प्रधानमन्त्री नै बनाउन बेर छैन।

हुन त उनको पार्टीलाइ चुनौती, आवश्यकता र गरिएका प्रतिज्ञाले काम नगरी सुखै छैन। उनको पार्टीले जति धेरै काम गर्छ उति तगारो झेल्नुपर्छ तर पनि अब्बल रुपमा राजनीति सिकाउने चाहि यहि पार्टी नै हुनेछ। किनकी काँग्रेसले नयाँ पुस्ता आउन दिंदैन अरु पार्टी प्रजातान्त्रिक होइनन बिस्तारै बिलाउँदै जान्छन।

रवि लामिछाने संबन्धि समाचारहरु

बाद र बृद्धले नेतृत्व गर्ने पुरातन सोच तोडेका लामिछाने मात्र प्रजातान्त्रिक सोचका मन्त्री

रास्वपा नै पहिलो प्रजातान्त्रिक पार्टी, रविको स्पिडसँग सबै दल तर्सिएका छन्

निर्वाचित सांसद रवि लामिछानेसँग जोडिएर हाम्रो पनि बिषय उठेपछि एनआरएनएको ध्यानाकर्षण भएको छ

निर्वाचित सांसद रवि लामिछानेको नागरिकता विवाद सृजित हाउगुजी, कानुनि पाटो सहित

चितवन २ बाट लामिछाने तेब्बर भन्दा बढी मतले प्रतिनिधिसभामा बिजयी