-निर्वाचित सांसद रवि लामिछाने

निर्वाचित सांसद रवि लामिछानेको नागरिकता विवाद सृजित हाउगुजी, कानुनि पाटो सहित

Hollywood Khabar December 08,2022 Comments

कृष्ण के सी, अमेरिका, डिसेम्बर ८, २०२२

सर्वप्रथम त मंगसिर ४, २०७९ मा सम्पन्न नेपालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा निर्वाचित हुनुभएका सम्पूर्ण निर्वाचित माननीय सांसदज्यूहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्ति गर्दछु।

यसै क्रममा चितवन जिल्ला क्षेत्र नम्बर २ बाट प्रतिनिधसभामा निर्वाचित हुनु भएका माननीय सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र आम गैरआवासीय नेपालीहरुलाइ जोडेर धेरै कुरा मिडिया र सोसल मिडियामा आएका छन्। सिटिजन न्यूजको जमानामा यसरी बिषय बाहिर आउनु एकदम सुन्दर पक्ष हो।

भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा रवि लामिछाने अध्यक्ष रहेको नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीले प्राइमरी गरेर उम्मेदवार चयन गर्ने, योग्यलाइ मौका दिने जस्ता प्रजातान्त्रिक बिधि अपनाउँदा नतिजा राम्रो आयो। यति मात्र होइन पुरातनपार्टीहरुलाइ गुटका आधारमा अयोग्य व्यक्तिलाइ टिकेट दिने जस्ता कुरालाई चुनौती भयो। त्यसैलाई इवी लिएर ठुला राजनैतिक पार्टीहरुनै लागि परे। त्यसैको सिकार बनाएर अरुलाई तर्साउने प्रयास पुरातन पार्टीहरुको प्रयास देखियो।

पछिल्लो समयमा आएर लामिछानेको नागरिकताको बिषयलाइ लिएर धेरै कुरा उठाइएका छन्। बहिर्गमन गृहमन्त्री बालकृष्ण खाणले आफू निर्वाचन हारेको झोकमा निर्देशन दिएर प्रहरीले छानविन नै सुरु गरेको समाचार आएका छन्। तर पनि यसलाई बिस्तृत रुपमा मौजुदा कानुन र ऐनको अध्ययन गर्दा भने त्यसो देखिँदैन। रवि लामिछानेले सबै बिधि पुरा गरेको देखिन्छ।

नेपालको मौजुदा संबिधान भाग २ को धारा १० देखि १५ सम्म नेपाली नागरिकता संबन्धि ब्यबस्था छ। धारा १३ ले नागरिकताको प्राप्ति, समाप्ति र पुन:प्राप्ति संबन्धि ब्यबस्था गरेको छ। त्यसैगरी धारा १४ ले गैरआवासीय नेपाली नगरिकता दिने ब्यबस्था गरेको छ। धारा १५ ले चाहिं नेपाल सरकारलाइ नागरिकता लिएको, त्यागेको र पुन:प्राप्त गरेको रेकर्ड राख्नुपर्ने बाध्यकारी ब्यबस्था गरेको छ।

मौजुदा संबिधानका आधारमा बनेका नागरिकता संबन्धि मौजुदा नेपाल नागरिकता ऐन २०६३ को दफा १० को उपदफा १, २, ३, ४ र ५ ले नागरिकता नरहने र पुन:कायम रहने संबन्धि ब्यबस्था गरेको छ। सोहि दफाको उपदफा ५ मा नेपालको नागरिकले विदेशी मलुकुको नागरिकता प्राप्त गरेको छ वा छैन भन्ने प्रश्न उठेमा तोकिएको अधिकारीले प्रचलित कानून बमोजिम निर्णय गर्ने ब्यबस्था समेत गरेको छ।

त्यसैगरी सोहि ऐनको दफा ११ ले पुन नेपाली नागरिकता कायम हुने ब्यबस्था गरको छ। यसमा स्पष्ट रुपका भनिएको छ: ११. पनुः नपेाली नागरिकता कायम हुने:- कुनै नपेाली नागरिकले बिदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुन: नेपालमा आइ बसोबास गरेको र बिदेशी मुलुकको नागरिकता त्यागेको निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुन:कायम हुनेछ। यसै कानुनका आधारमा भन्न सकिन्छ रवि लामिछानेको नागरिकता विवाद भनेको सृजित हाउगुजी हो।

यसै कुरालाई मौजुदा नेपाल नागरिकता निवामावाली २०६३ ले नेपालको मूल कानुन र ऐन दुबैसँग बाझिने नागरिकताको पुन:प्राप्ति संबब्न्धि कार्यविधि बनाएको छ। कुनै पनि कार्यविधि र निवामावाली मूल कानुन र ऐनसँग बाझिएमा स्वतह खारेज हुने नेपालको कानुनमा ब्यबस्था छ।

तसर्थ रवि लामिछानेको हकमा नेपाल नागरिकता अनि अनुसार हेर्दा:

  1. रवि लामिछाने ७/८ बर्ष देखि नेपाल बस्दै आउनु भएको हो।
  2. रवि लामिछानेले आफ्नो अमेरिकी नागरिकता त्यागेको प्रमाण बुझाइ सकेको अवस्था हो।
  3. अर्को देशमा लिएको नागरिकता त्यागेको निस्सा बुझाएको कारण नागरिकता ऐन २०६३ अनुसार उहाँको पुरानो नागरिकता स्वतह पुन:कायम भयो।
  4. यससंगै नेपालको कानुनमा एउटा व्यक्तिले दुइवटा नागरिकता लिनु हुँदैन भनेको छ। अब रवि लामिछानेको पुरानो नागरिकता कायम भैसके पछि अर्को नागरिकता कसरी दिनु र लिनु ?
  5. अब नेपाली नागरिक जो निर्वाचन आयोगको नियम अनुसार प्रतिनिधिसभा उम्मेदवार हुन योग्य भै निर्वाचित समेत भएपछि त्यो बिषय नै समाप्त भयो।

यसर्थ रवि लामिछानेको नागरिकताको बिषयलाइ लिएर छानविन होला, छलफल र चासोको बिषय पनि होला तर मौजुदा कानुनले भने सफाई दिएको प्रष्ट नै छ। मुख्य कुरा भनेको अर्को पक्षको नियतले यसलाई बढावा दिएको नै देखियो।

मौजुदा नेपाल नागरिकता ऐन २०६३ को दफा १० को उपदफा ५ ले नागरिकता पुन:कायम रहने संबन्धि ब्यबस्था गरेको: