चस्मा
थाहा छैन
के का लागि लगायाै
बाहिरी अाँखारुपि चस्मा
दुरदृष्टि नियाल्न पाे हाे कि
राम्रो सपना देख्न न पाे कि
मस्त निदाउन पाेहाे कि
समय सापेक्ष फेरि रहेकाे
चस्माकाे पावर
बिहान उठेर हेर्नलाई पाे हाे कि हिमाल
श्पष्ट पार्न खाेजेकि पाे हाे कि
मेराे अाकृति
कि हेर्न चाहेकि हाैं
सायद मेराे हृदयमा परेकाे छिद्र
हेर्नलाई पाे लगाएकाे हाे कि चस्मा
की मेरा हातका
हस्तरेखाहरू पढेर
काेर्न पाे खाेजेकि हाै
भविष्यकाे भाग्य रेखा
बुद्धिमानकाे दर्जामा गनिन र
अखबारका स-साना अक्षर पढ्न
मात्र त पक्कै हाेइन हाेला
तिमीले लगाएकाे चस्माले
अध्याराे चिरेर
मनका मझेरिहरूमा
उज्यालो पनि छर्छ हाेला
छातिमा लागेकाे दाग पनि
देखाउछ हाेला चस्माले
अाँखालाई शितलता दिन मात्र
किन लाउनु र चस्मा
अरुकाे दु:ख देखिन्न भने
नाक र कान दुखाउन
किन लगाउनु अाफ्नै अाँखामा बार
म चाहन्छु
तिमीले लगाएको चस्माले
विभेद हटाएर
समानता देख्न सकाेस्
तिम्रो चस्माले
सेता स्फस्टिक जस्ताे हिउँमा
फुलेका हिउँफूलहरू देखाेस्
सबैकाे अाङ्गमा बग्ने रगत
पवित्र गङ्गा जल जस्तै
स्वच्छ र निर्मल छ भन्ने देखाेस्
अाँखाबाट तप्कन खाेज्ने
अाँसुका रङ्गहरू देख्न सकाेस्
कुरुप अनुहार भित्रकाे
सुन्दर चरित्र देख्न सकाेस्
म चाहन्छु
तिम्राे चस्माले
अश्पष्टता हाेइन
सबै सबै स्पस्ट देख्न सकाेस्।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु