म मयुरका सुन्दर प्वाँखहरू टिपेर
सजाउदैछु याैटा काैवा
कुकुर उचालेर
खेदन तयार छु मृग
श्रमयुद्धमा उभ्याएर कमजाेर
सिपाहीलाई बनाउदैछु
बटालियन कमान्डर
न्युनतम ज्याला
सामाजिक सुरक्षा
अनुचित श्रम अभ्यासको अन्त्य
समान कामकाे समान ज्याला
राेजगारि,मर्यादित काम
अादिकाे सुनिश्चितता लागि
युद्धरत हामी
नायक र खलनायकहरू
सबै मिलेर छेडनु छ जेहाद
जित्नै पर्नेछ युद्ध
हामी सबै मिलेर
श्रमको सम्मान गराैं!
श्रम शक्तिलाई बनाउ राष्ट्रकाे शक्ति
दिलाउ सबैलाई सामाजिक न्याय।
-ऋषभदेव घिमरे
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु