-ऋषभ घिमिरे

मैले नबुझेकाे मनाेबिज्ञान

Hollywood Khabar June 19,2017 Comments

मैले नबुझेकाे मनाेबिज्ञान

================

लाजले सर्माउदै

नजर झुकाएर

लेख्दै बगरकाे बालुवामा

अाफ्नै खुट्टाकाे बुढी अाैलाले

अमुर्त भैरवि लिङ्ग

लाेचनका नानीहरुबाट

नियाल्दै नदिमा उठेका छालहरू

सजाउदै हृदयतटमा

बैजनि रङ्ग

उतारेर अनुहारमा

फरक भाव र भङ्गिमा

अाफ्नै कपाललाइ घुम्रि पारेर

मदपुर्ण चालमा

घुमि रहेका तिम्रा अाैलाहरुले

सायद छुन खाेज्दै छ

मेराे  बायाँ तर्फकाे छाति

लाग्छ

नाैलाख जुहारहरुले सजिएका

गुलाफी पत्रे तिम्रा अाधरहरुले

मेरा अधरहरुसग गास्न खाेज्दैछ

मितेरी साइनो

तिमी र म

पूर्व परिचित नै हाैं

म तिम्रा मनाेभावनाहरुसग

राम्रोसँग परिचित छु

धेरै पटक हामी बिच

साटिएका छन अन्तरङ्ग

तर तात्कालिक समयमा

मैले नबुझेकाे

तिम्रो मनाेबिज्ञान

यस भन्दा पहिले

नभाेगेका भाेगाइहरू

तिम्राे जस्तै मायावी काैमार्य बाेकेर

उडिरहेका जाेडि परेवा

हामी देखेर कहिल्यै लजाएन

मेरै काखकाे सिरानी पारेर

तिमी परेवाले कावा खाएकाे हेरि रह्याै

निस्फिक्रिसग रमाइ रह्याै

नचाइ रह्याै परेवाले जस्तै अाखाहरू

र पनि मैले बुझिन त्याे मनाेबिज्ञान

प्रिय पाठक भनी दिनाेस्

मैले नबुझेकाे मनाेबिज्ञानलाइ

कुन बिज्ञानकाे सुत्रले सिद्ध गराैं ?

          ऋषभ घिमिरे,गाेदावरी)