सान नेपाली सर्कलको नेपाली नयाँवर्ष कार्यक्रम

Hollywood Khabar April 02,2017 Comments

कृष्ण के सी 

बिगत केही वर्ष देखि San Mateo, क्यालिफोर्निया क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको आपसी चिनजान र भेटघाट कार्यक्रमको आयोजना गर्दै आएको सान नेपाली सर्कलले यो वर्ष पनि सो को निरन्तरता दिएको छ।

नेपाली नयाँ वर्षको उपलक्षमा नयाँ वर्षलाइ स्वागत तथा भेटघाट अनि रमाइलो गर्ने कार्यक्रमको आयोजना गरको कुरा सर्कलले जानकारी दिएको छ। 

सान सर्कल अरु जस्तो कुनै संस्था भने होइन। यो एउटा स्थानिय रुपमा बस्ने नेपाली समुदायको नेटवर्क हो। यो नेटवर्क कुनै कानुनी रुपमा दर्ता भएको छैन र कुनै आइडोलोजी लिएर हिड्ने समूह पनि होइन। यो समुहमा सहभागी हुन कुनै शुल्क तिर्नुपर्दैन, चन्दा-सहयोग लिनको लागि कुनै आधिकारीक अफिस पनि छैन। तेस्तै कुनै आधिकारिक पद र जिम्मेवारी पनि नभएकोले चुनाव र सदस्यता जस्ता कुरा पनि हुँदैनन्। 

नाम जस्तै यो समूह सर्कल छ, सबैको समान जिम्मेवारी छ। सजिलो सम्पर्कको लागि फेसबुक नेटवर्क बनाइएको छ। https://www.facebook.com/sannepali.circle  हामी नेपाली नयाँ वर्ष र दशैँको समयमा गरि वर्षको दुइ पटक भेटघाट गर्छौं। सबैको सामुहिक पहलबाट San Mateo पार्कमा तेस्तो भेटघाट हुन्छ। भेटघाटमा नेपालीहरुको रेस्टुराँबाट खाना मगाइने गरिएको छ। तर महत्वपूर्ण रमाइलो कुरा चाँहि BBQ सबैले मिलेर सोही ठाउँमा बनाइने गरिएको छ। भेटघाटमा बच्चा बयस्क, बृद्ध सबैलाई स्वागत गरिन्छ।

यस क्षेत्रमा बस्नुहुने तपाई जो कोही नेपालीलाई पनि हार्दिक निमन्त्रणा छ !

2074 Nepali New Year Celebration Details:

Address: 2111 Kehoe Ave, San Mateo, CA 94403

Date/Time: April 15, 2017 - Saturday - 11:00 to 5:00pm

Contribution: 20$ ; Kids under 7 - FREE

Exception: Students from San Mateo Community College pay only $10.

Special Thanks to:

a) Tirtha Dong- Owner of Liberty Tax, San Carlos, CA for donating whole goat for BBQ

Liberty Tax Office, 108 El Camino Real, San Carlos, CA 94070

b) Rakesh Tuladhar - Owner of Aero Nepal Travels, Contact: 703-6638070 aeronepal.com

for Sponsoring beverages for the event

c) Media Help - Krishna KC, Hollywood Khabar