-सञ्जेल बन्धुहरुको कुलपुजा तथा समाजको १५ औं वार्षिक साधारणसभा सम्पन्न

सञ्जेल बन्धुहरुको कुलपुजा तथा समाजको १५ औं वार्षिक साधारणसभा सम्पन्न

Hollywood Khabar December 07,2022 Comments

सञ्जेल बन्धु समाज, ललितपुर, डिसेम्बर ८, २०२२
कौशिक गोत्र सञ्जेल बन्धु समाजको कुलपुजा तथा पन्ध्रौं वार्षिक साधारणसभाको अवसरमा ललितपुरको टिकाभैरवमा आफ्नै कुल मन्दिरमा पुजा तथा पन्ध्रौ बार्षिक साधारणसभा सम्पन्न भएको छ।

समाजले सञ्जेल बन्धुहरुको आपसी चन्दा सहयोग तथा विभिन्न संस्थाको सहयोगमा ललितपुरको टिकाभैरवमा आफ्नै कुल मन्दिर स्थापना गरेको छ। हरेकवर्ष समाजले मार्ग शुक्ल पूर्णिमाको दिन कुल पुजा गर्ने गर्ने गरेको छ।

यस बर्षको कुल पुजा सम्पन्न हुनका साथै सभाले मकवानपुरका केशव सञ्जेलको अध्यक्षतामा केन्द्रीय समिति पुनर्गठन गरेको छ। २०६५ साल मंसिर २७ गते स्थापित समाजको विभिन्न जिल्लाहरुमा आफ्नो शाखा समेत रहेको छ।

बागमती प्रदेश सभाका निवर्तमान सांसद एवम् संस्थाका सल्लाहकार चेतनाथ सञ्जेलको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा विभिन्न जिल्लाका जेष्ठ नागरिक तथा करीब ३०० दाजुभाइ दिदीबहिनीहरुको उपस्थिति रहेको थियो।

सो अवसरमा समाज स्थापनाकालको १५ वर्षसम्म नेतृत्व गरिरहेका गणेश्वर सञ्जेलले देशभरका दाजुभाइहरु एकै ठाउँमा बसेर पूजाआजा गर्न सक्ने, आपसी समस्याको बारेमा छलफल गर्न सक्ने तथा दाजुभाइको हितको लागि अगाडि बढ्न सफल भएको बताउनु भयो।

सञ्जेल बन्धुहरूको हितका लागि, बन्धु मर्मलाई साथ दिन कौशिक गोत्र भएका सञ्जेलहरुको समृद्धिका लागि संस्थाको स्थापना गरिएको संस्थापक महासचिव गोपाल सञ्जेलको भनाई रहेको छ।

समाजले सञ्जेल बन्धुहरूको आर्थिक समृद्धि र विकासका लागि समाजले बन्धुहित बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापना गरेको छ। सहकारीको स्थापना गरिएको बन्धुहित बचत तथा ऋण सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष नवराज सञ्जेलले बताउनुभयो।

यस्तै नवगठित केन्द्रीय समितिमा सञ्जेल बन्धु समाजमा झापाका लोकेन्द्र सञ्जेल र ललितपुरका रत्नहरी सञ्जेल उपाध्यक्ष, महासचिवमा काठमाडौंका दिवाकार सञ्जेल, सचिवमा ललितपुरका नवराज सञ्जेल, कोषाध्यक्षमा ललितपुरकै लक्ष्मण सञ्जेल निर्विरोध निर्वाचित भएका छन्।

यस्तै नवगठित केन्द्रीय समितिका सदस्यहरुमा मकवानपुरका विश्वनाथ सञ्जेल, मकवानपुरका इन्द्रप्रसाद सञ्जेल, चितवनका लक्ष्मी सञ्जेल, ललितपुरका बलराम सञ्जेल, झापाका भोला सञ्जेल, इलामका धनपति सञ्जेल, काठमाडौका नारायण सञ्जेल, काभ्रेका दिनेश सञ्जेल, काठमाडौँका लक्ष्मी सञ्जेल रहेका छन्। साथै बन्धु समाजले आफ्नो केन्द्रीय सल्लाहकारमा चेतनाथ सञ्जेल, गणेश्वर सञ्जेल र गोपाल सञ्जेललाई मनोनित गरेको छ।

यस्तै बन्धु समाज ललितपुर शाखाले केवलप्रसाद सञ्जेलको अध्यक्षतामा जिल्ला समिति गठन गरेको छ। जिल्ला समितिको सल्लाहकारमा झंकनारायण सञ्जेल, उपाध्यक्षमा भट्टेडाँडाका राजेशकुमार सञ्जेल, सचिवमा चापागाउँका राजु सञ्जेल, कोषाध्यक्षमा चापागाउँका माधव सञ्जेल लगायतका ११ सदस्यहरु निर्वाचित भएका छन्।

संस्थाले आगामी एक वर्षभित्र सञ्जेल बन्धु समाजका उपलब्धि र हालसम्म जानकारीमा आएका वंशावलीलाई स्मारिका मार्फत सार्वजनिक गर्ने भएको छ ।