संभवत नेपाली अमेरिकन समाजकै जायण्ट बनभोज: सन्निभेलमा

Hollywood Khabar March 29,2017 Comments


कृष्ण के सी/सान फ्रान्सिस्को
हामीहरु मध्ये बनभोज नगरेका या नखाएका थोरै मात्र छौं होला। तर संख्याको हिसाबले सबैभन्दा धेरै नेपालीहरु भएको पिक्निक/बनभोजमा गएको या सहभागी भएको कुरा चाँहि थोरैको मात्र होला। १५०० जना भन्दा धेरैको एउटा बिशाल नेपालीहरुको समुदाय एउटा पार्कमा रमेर पिक्निक खाने त्यो पनि अमेरिकामा भन्दा पत्यार नलाग्ला तर कुरा भने साँचै हो।
बिगत एक दशक देखि लगातार रुपमा नेपाली नयाँ वर्षको पिक्निक आयोजना गर्दै आएको सन्नी सगरमाथा समाज, सन्निभेल, क्यालिफ़ोर्नियाँको गत बर्षको पिक्निकमा १५०० भन्दा धेरै नेपालीहरु सहभागी भएका थिए। यो वर्ष सो संख्या २००० कटाउने योजनामा छन् साथीहरु भन्नु हुन्छ संस्थाका अध्यक्ष गङ्गा के सी।   
यो वर्षको पिक्निक आयोजक सँस्थाले यही १५ अप्रिल २०१७, शनिबारका दिन बिहान १० देखि साँझ ६ बजे सम्म, स्थानिय शेरापार्क, सन्निभेलमा (739 The Dalles Ave., Sunnyvale, CA 94087) आयोजना गरेको छ।
आयोजकहरुले यसलाई यसरी भन्नुभएको छ :
१. नेपालि नयँ बर्षको अवशरमा हामीले दशबर्ष देखि निरन्तर रुपमा यो बनभोजको बहानामा आत्मिय भेटघाटको आयोजना गर्दैछौ। यो ईतिहासको निरन्तरता हो।
२. १२००/१५०० नेपालीहरु एकै ठाँउमा जम्मा भएर "नमस्कार हजुर" को आत्मिय अभिबादनका शब्दले कार्यक्रमस्थल गुन्जयमान हुन्छ यहाँ।
३. बिभिन्न संघ-सस्था र नेपालीहरुका बिच सदभाव, सहकार्य, मेलमिलाप, एकता र भाईचारा बिस्तार गर्ने चौतारो हो यो। सधैंभरी सहयोग र सहकार्य गर्ने सबै नेपाली मनहरुप्रति संस्था सदैब अनुग्रहि छ।
४. एउटा संस्था वा कार्य समितीका केही सिमीत मानिसहरु मात्रैको प्रयासले यो बनभोज आयोजना गरिएको हुँदैन। यहाँ सयौं परिबार र सयौं सहयोगी हातहरुको साथ रहेको हुन्छ।
५. चेलीबेटीहरु यस संस्थाका मेरुदण्ड हुनुहुन्छ। यिनै श्रद्धेय चेलीबेटीहरुका पारखी हातहरुले घरघरबाट पकाएर ल्याएका स्वादिस्ठ परिकारहरु पस्किन्छौ हामी यहाँ।
६. बाल बच्चाहरुका लागि खेलकुदको ब्यबस्था गरिएको हुन्छ।
७. यहाँ ब्यबसायिक प्रतिस्ठानहरुको ब्यापारीक कक्ष हुन्छ।
८. नेपालबाट आउने शभचिन्तकहरुको हातबाट आमाले पठाको गुन्द्रुक बझबुझारत हुन्छ यहाँ।
८. नेपाल जाने साथीहरुको हातमा आमालाई खुट्टा दुख्दा लगाउने मलहम बुझाउने ठाँउ हो यो।
९. कामको चटारोले एक बर्ष देखि नभेटेको साथीभाइ भेटेर अंगाले हाल्दै "तैंले त भुसुक्कै बिर्सिस न यार" भन्दै मन हलुङो गर्ने ठाँउ हो यो।
१०.नयाँ साथी-भेट्ने,पुरानाहरुसंग संबन्ध बिस्तार गर्ने, काम, दु:ख-सुख, प्रगती र दुखेसो पोख्ने चौतारी हो यो।
११. म त काले रेलको धुवाले, तिमी काले छाता हजुर ओड्दै नओड्नाले" को गितमा कम्मर मर्काउदै नाँच्ने कि रेसम फिरिरीमा धुलो उडाउने यहाँहरुको बिचार।
श्रद्धा र सम्मान सहित अतिथी सत्कार गर्ने काम हाम्रो। परिबार र सादभाई सबैलाई लिएर बनभोजमा आउने आउने काम यहाँको !
शुल्क :
केटाकेटी : $10
बयस्क: $20
१० वर्ष मुनिका नानीहरुलाई सित्तैमा !
आयोजक :
सन्नी सगरमाथा समाज
सन्निभेल, क्यालिफोर्निया