-एनआरएनए एनसीसी अमेरिका:कोषाध्यक्ष पदका उम्मेदवार सतेन्द्र शाह

एनआरएनए एनसीसी अमेरिका:कोषाध्यक्ष पदका उम्मेदवार सतेन्द्र शाह

Hollywood Khabar March 13,2021 Comments

हलिउडखबर, मार्च १३, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०१७-२०१९ कार्यकालको लागि पूर्व बोर्ड सदस्य सतेन्द्र शाह २०२१-२०२३ कार्यकालमा कोषाध्यक्ष पदका लागि उम्मेदवार हुनुहुन्छ। उस्तो त साह एनआरएनए एनसीसी अमेरिकाको वर्तमान सल्लाहकार पनि हुनुहुन्छ।

नेपालको सप्तरी जिल्लामा जन्मेर २००७ देखि अमेरिकाको न्यूयोर्क बस्दै आउनु भएका सतेन्द्र शाह एनआरएनए एनसीसी अमेरिकाको कार्यसमितीका पूर्व सदस्य र वर्तमान सल्लाहकर पनि हुनुहुन्छ। उसो त २०१३ तिरबाट एनआरएनए एनसीसी अमेरिकामा सकृय सहभागी हुँदै आउनु भएका शाह अन्तराष्ट्रिय परिषदका सम्मेलन र महाधिवेशनमा समेत धेरैपटक प्रतिनिधि हुनु भएको छ।

सुरु देखि नै न्यूयोर्क आसपास बसेका शाह अन्य सामाजिक गतिबिधिमा पनि सक्रिय हुनुहुन्छ। Public Accounting मा BBA गर्नुभएका साह पेशाले पनि एउटा कम्पनीको Project Accountant हुनुहुन्छ। Ridgewood Nepalese Society को समेत कोषाध्यक्ष रहिसक्नु भएको हो। Madesi Association in America (MAA) का सल्लाहकार हुँदै हाल बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ। एनआरएनए एनसीसी अमेरिकाको एक कार्यकालको कामको अनुभवलाइ अमेरिकामा अझै एक तह माथि गएर एनआरएनए एनसीसी अमेरिकाको कोषाध्यक्ष भएर संस्थाको लेखा सिस्टमलाइ ब्यबसायिक रुपमा राख्ने कुरा बताउनुहुन्छ।

श्रोत बिकासलाइ व्यक्तिको योगदानमा मात्र निहित नराखेर अन्य श्रोत र साधन समेतको बिकास गर्नको लागि आफु उम्मेदवार भएको कुरा शाहले हलिउडखबरलाइ बताउनु भयो। आपतकालीन कोष, नेपाल सपोर्ट कोष, नेपाल प्रोजेक्ट र अमेरिका भित्र आयोजना गरिने प्रोजेक्टहरुको फरक-फरक आय श्रोत र खर्च ब्यबस्था गरिनुपर्छ भन्नुहुन्छ शाह।

कोषाध्यक्ष भनेको कोषको हिसाव राख्ने मात्र नभएर संस्थालाई दिर्घ कालिन रुपमा आर्थिक रुपले सम्पन्न गराउनु समेत रहेकोले आफू त्यो सपना लिएर कोषाध्यक्षको लागि उम्मेदवार भएको कुरा राख्नु हुन्छ शाह।