-इन्दु पन्त, चण्डोल, काठ्माण्डौ, जनवरी २८, २०२३
धर्ती छोडेथ्यो सपना संगाली
पृयजन मिलनको विपना अंगाली
परदेशी कैयौं आएका रमेर
पोखराको सौन्दर्य पिऊंछु भनेर
डाक्टर थिए त्यां कति सेवा गर्ने
आमा थिए त्यां कति माया गर्ने
लाग्यो डढेलो यतीको विमान
क्षणको गतिमा मेटिए निशान
वम झैं खसेर सेती दुखेछ
आगोको मुस्लोमा दुनिया डढेछ
फर्केर अब हा! आऊन्नन् ती सारा
अकालमै गए कति प्यारा, प्यारा
निपुण थिए सब गगनका ती चरा
भरिरहन्थे उडान पलपल ती बरा
के भो कसरी हुन गो विनाश
गन्तव्य पुग्दैमा गएछ सास ।
श्रध्दान्जली दिऊं कुन मन सम्हाली
आसुको जलले दिललाई पखाली
आत्मा तिनका मिलुन् परमात्मा
हृदय कुसूम अर्पण गर्छु साथमा !!!
**इन्दु पन्तका अरु कविता**
रातो गुलाफ-प्रेमदिवसका सन्दर्भमा
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु