-सिनेटले राष्ट्रपति बाइडेनको कोभिड-१९ स्टिमुलस र न्यूनतम १५ डलरको बिल पास गर्यो

सिनेटले राष्ट्रपति बाइडेनको कोभिड-१९ स्टिमुलस र न्यूनतम १५ डलरको बिल पास गर्यो

Hollywood Khabar March 06,2021 Comments

सिनेटले राष्ट्रपति बाइडेनले प्रस्ताव गरेको १.९ ट्रिलियन डलरको कोभिड १९ रिलिफ स्टिमुलस प्याकेज र न्यूनतम ज्यालादर १५ डलर प्रतिघण्टाको बिल पास गरेको छ।

सिनेटले पास गरेको बिलमा सिनेटरहरुले धेरै प्रयास गरेर अन्तमा मार्च ६, २०२१ शनिबार १.९ ट्रिलियन डलरको बिल पास गरिएको हो। सिनेटमा डेमोक्र्याटिक पार्टीका सिनेटरहरु बिशेष गरि मेजोरिटी लिडर चक सुमरले धेरै नेगोसियशन प्रयास गरे अन्तमा सो पास भएको हो।अब राष्ट्रपति बाइडेनले हस्ताक्षर गरेपछि सो बिल कानुन बन्नेछ।

पारित बिलबाट १४०० डलर प्रति व्यक्ति स्टिमुलस रकम दिइने छ। यसका लागि सिंगलको ८० हजार र कप्पलको १ लाख ६० हजार डलर बार्षिक भन्दा कम आन्दानी हुनेहरुलाई तोकिएको छ। यसमा जति सुकै बच्चाहरु भए पनि तिनीहरु समेत जोडिएको भनिएको छ। तर बार्षिक २ लाख या सो भन्दा धेरै बार्षिक आन्दामी हुनेलाइ सो चेक प्राप्त हुने छैन, सो आन्दानीलाइ क्याप मानिएको छ। करिब ७ मिलियन डलर स्टिमुलस चेकमा खर्च हुने छ। तर यो पटक डिपेण्डेण्ट, कलेज स्टुडेण्टहरुले पनि राहत पाउने अनुमान गरिएको छ।