विहानीमा टल्कीदिने सित पनि तिमी
तिम्रो लागि हार्ने म हुँ जित मेरो तिमी ।
क्षितिज पारि कल्पनामा तिमीलाई सम्झी बस्दा
गोधूलिमा स्पर्शले मित लाउने तिमी ।।
साथ दिने सहयात्री विनायोको धून हुँ म
भाका छोपी पिरातिका गित गाउने तिमी।।।
मायाँको त्यो हुरीथियो,अलिकती दुरी थियो
मिटाएर दुरी सबै प्रीत लाउने तिमी।।।।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु