शुभद्रा भट्टराई-

*जिन्दगी *        

Hollywood Khabar June 29,2017 Comments

जिन्दगी एउटा बाध्यतामा 
          अल्झेकाे काेसे ढुङ्गाे
आकासमा मडारिएकाे बादल
    अनि धर्तीकाे अन्धकारसगँ
परिबन्ध र आबेगले जेलिएकाे
   संघर्षकाे खालि मैदान 
      

जिन्दगी टुटेफुटेका सपनाहरुसग
     तरङ्गित हुन्छ 
लहरहरूसगँ लड्छन
       बादल बनेर मडारिन्छ
      घरिघरि रङ्ग बदल्छ
 ईन्द्रेणि झै झुल्कन्छ र हराउछ
      परिवेश अनुसार चल्ने 
एउटा अजर छायाँ 
 
थाहा छैन जिन्दगि
काहाँ पुगेर राेकिन्छ
स्पन्दनका धडकनहरू
वितृष्णाका किरण बाेकेर
  नाङ्गाे शरीर र भाेकाे पेट
लडिरहन्छ निरन्तर


    झिनाे आशमा अल्झेकाे
       जिन्दगी
वास्तविक, विश्वास र मायाकाे
      भुमरीमा रूमलिदै
बिहानीकाे पुलिन्दासँगै 
  एक पछि अर्काे इतिहासका
          दस्ताबेज बनेर उदाउछ
 
समयकाे अन्तरालसँगै
  छाेडिदै जान्छन् जिन्दगीका         
   अवशेषहरु ।
एउटा यथार्थ सत्य
नचाहेरै पनि
मुढाे जस्तै ढल्छ र गल्छ
जिन्दगिका
सारा अवयवहरु।

                 झापा,मेचि नगर