-महिला संयोजक उम्मेदवार सुनिता खत्री

एनआरएनए एनसीसी अमेरिका निर्वाचन:महिला संयोजक उम्मेदवार सुनिता खत्री

Hollywood Khabar March 10,2021 Comments

हलिउडखबर, मार्च १०, २०२१

नेपालको ललितपुर जिल्लाको झम्सिखेलमा हुर्केकी सुनिता खत्री गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२०२३ कार्यकालमा महिला संयोजक पदका लागि उम्मेदवार हुनुहुन्छ।

उसो काठमाण्डौको किर्तिपुरतर्फ पनि घरपरिवार भएकाले किर्तिपुरको ल्याब स्कूलमा प्राथमिक तह पढेकी खत्रीले ललितपुरको मदन मेमोरियल स्कूलबाट स्कूल तहको पढाइ सक्नु भएको हो। पद्मकन्या क्याम्पसबाट स्नातकको अध्ययान सम्पन्न गरेर त्रिभुवन बिश्व बिद्यालयबाट अर्थशास्त्रमा स्नाकोत्तर गरेपछि उहाँले कनेक्शन एलो पेजमा प्रकाशनको काम समेत गर्नुयो।

अन्ततमा हिमालयन बैंकको ५ बर्षे जागिर छोडेर १९९८ मा अध्ययनको लागि अमेरिका आउनुभयो। भर्जिनियाबाट इन्फर्मेशन टेक्नोलोजीमा ग्राजुएट खत्रीले केहि बर्ष सोहि पेशाको जागिर पनि गर्नुभयो। अन्तत २००६ देखि भने भर्जिनियाँमा आफ्नै ब्यबसाय संचानल गर्दै आउनु भएको छ।

२०१५ मा एनआरएनए एनसीसी अमेरिकाको पंजीकृत सदस्यता लिएकी खत्री संघको भर्जिनिया राज्य च्याप्टरको महिला गतिबिधिमा पनि सहभागि हुनुहुन्छ। २०१९ मा भने एनआरएनए एनसीसी अमेरिकाको महिला संयोजकमा उपविजेता हुनुभयो। त्यसपछि पनि नियमित रुमपा संघका गतिबिधिमा सहभागी हुनुहुन्छ। हाल उहाँ इन्टरप्रेनार्शिपको टास्कफोर्समा रहेर काम गर्दै हुनुहुन्छ। स्थानीय नेपाली सामुदायिक केन्द्र देखि साहित्यका क्षेत्र र सामाजिक कार्यमा पनि सभागी हुनुहुन्छ।अन्तराष्ट्रिय नेपाली पत्रकार संघको सामुदायिक पत्रकारिता पुरस्कारको प्रायोजक पनि हुनुहुन्छ। यस बाहेक नेपाली जनसम्पर्क समितिद्वारा आयोजित कार्यक्रमहरुमा पनि फाट्टफुट्ट देखिनुहुन्छ।

यो पटक फेरी पनि महिला संयोजक पदकै लागि प्रतिस्पर्धा गर्दै हुनुहुन्छ सुनिता खत्री। खासगरी नेपाली अमेरकन समुदायका महिलाहरुलाई एक तह माथिको स्किल, ब्यबसायिक बिकास, समुदायमा सहभागिता, संघ-संस्थाहरुमा नेतृत्वमा प्रतिस्पर्धा गर्न प्रेरणा गर्ने कुरा अझै खड्केको कुरा उहाँले हलिउडखबरसँगको कुराकानीमा बताउनु भयो। ब्यबसायिक महिलाहरुको सामुदायिक सहभागिता जस्ता कुराहरुको प्रयास अझै बढाउनु जरुरि छ। ठुला भन्दा सामान्य जीवनका कुरा नै हाम्रा लागि अति आवश्यक कुरा हुन्। यस्तै कुराहरु लिएर आफू अगाडी आएको कुरा खत्रीले बताउनु भयो।

अरुको कम्प्लेन भन्दा पनि कि त राजनैतिक बिभाजनले गर्दा हामी कता-कता भागमा परिने कि भने प्रयासहरु नै कम हुने गरेका छन्। अबको हाम्रो नेपाली अमेरिकन समुदायका महिलाहरुको कुरा भनेको घरेलु हिंसा, शिक्षा जस्ता कथाका कुरा मात्र होइन। होला, अझै अकतिपय ठाउँमा त्यो पक्ष पनि होला। तर यसका लागि अमेरिकामा कानुनि निकाय छन्। तर क्षमता विकास भएर ब्यबसायिक रुपमा महिला अगाडी आउनु चाहिँ प्रमुख कुरा हो। यहि कुरा लिएर आएकीले नै आफूलाइ मत दिनुपर्ने जिकिर खत्रीको रहेको छ।

आफ्नो कार्यकालमा एउटा फरक प्रतिबद्धता चाहिं स्थानीय संघ-संस्था, संस्कृति पहिचानका नेपाली समुदाय, नेपाली चाडपर्व, धर्म-संस्कृतिको आउने पुस्ताको लागि पनि निरन्तरता गर्ने कुरा पनि हाम्रा महिलाका क्षेत्रमा पर्छन। आमा नै पहिलो शिक्षक भएकाले हाम्रो संस्कृतिलाइ निरन्तर गर्न, नेपाली भाषाको सन्ततीलाइ सिकाउन पनि संबद्द संघ-संस्था र सांस्कृतिक समुदायसंग हाम्रो संघको सहकार्य चाहिँ मेरा पहलका पक्ष हुनेछन। महिलाको पाटो फरक रुपमा लैजाने भन्दा पनि समुदायलाई अमेरिकन नीति, कानुन र चलन जस्तै हामी पनि समान धारमा जाने प्रयास गर्ने कुरा हो। यस्तै प्रयासका लागि आफूलाइ मत दिनुपर्ने कुरा खत्रीले भन्नुभयो।