-एनआरएनए एनसीसी अमेरिका:पेन्सलभेनिया च्याप्टर अध्यक्षका उम्मेदवार सुभाष बैठा

एनआरएनए एनसीसी अमेरिका:पेन्सलभेनिया च्याप्टर अध्यक्षका उम्मेदवार सुभाष बैठा

Hollywood Khabar March 15,2021 Comments

हलिउडखबर, अमेरिका, मार्च १६, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचन २०२१-२०२३ मा सुभाष कुमार बैठा पेन्सलभेनिया च्याप्टर अध्यक्ष पदका लागि उम्मेदवार हुनुहुन्छ।

विगत २० वर्ष देखि राजनीतिक, समाजिक तथा साहित्यिक गतिविधीमा अग्रणी भूमिका निर्वाह गर्दै आउनु भएका सुभाष कुमार बैठाले हाल उक्त राज्यमा कुनै च्याप्टर नभएको कारण उनि सोही राज्यका राज्य कोयर्डिनेटर अर्थात फोकल पर्सनको रुपमा सक्रिय हुनुहुन्छ। नेपाली सामाजिक कार्यमा सक्रिय भूमिका खेल्ने तथा हरेक किसिमको सुख र दुखमा साथ् दिन सदैवतत्पर रहने बैठाले कोभिड १९ को संक्रमणमा पनि नेपाली समुदायलाई धेरै सपोर्ट गर्नुभएको हो।

पेन्सलभेनिया राज्यमा च्याप्टरको गठन गर्नको लागि मेम्बेर्शिप ड्राइभमा उहाँ धेरै सक्रिय रहनुभयो। हाल २३८ जना भन्दा धेरै एनआरएनए एनसीसीको पंजीकृत सदस्य पुग्न सफल यो राज्यमा पहिलो पटक एनसीसी राज्य च्याप्टर बन्न लागेको हो। आफूलाई नेपालको तराई केन्द्रित दलित समुदायको प्रतिनिधित्व गर्ने बैठाले आफ्नो उम्मेदवारी र जितले केहि हद सम्म भए पनि गौरवशाली प्रतिनिधित्व गर्ने कुरा बताउनु हुन्छ।

वैठाका प्रतिबद्धताहरु

  • १ पेन्सलभानिया राज्यको हरेक कुना-कुना मा रहेका नेपालीहरुलाई सस्था भित्र आवद्ध गराउने।
  • २ राज्यमा बसोबास गर्ने सबै नेपालीहरू विच जनसम्पर्क स्थापना गर्न र एक अर्कालाई सहयोग गर्ने/गराउने वातावरण निर्माणको लागिवर्षमा कम्तिमा दुइ वटा कार्यक्रमको आयोजना गर्ने।
  • ३अप्ठ्यारोमा परेका नेपालीलाई सामाजिक र आर्थिक रुपमा उद्धार गर्ने र उचित व्यस्थापनको लागि पहल गर्ने।
  • ४ कामको खोजीमा रहेका नेपाली हरुलाई काम खोजीमा सहयोग पुर्याउने।
  • ४ देस र विदेसमा आपातकालीन समयमा सहयोगका लागि च्यापटर को छुटै यौटा कोष निर्माण गर्ने।
  • ५ राज्यमा रहेका स्थानीय संघ संस्थाहरू संग सहकार्य गरी संयुक्त कार्यक्रम गर्ने/गराउने
  • ६ सस्थाको आर्थिक गतिविधिलाई पारदर्शी र चुस्त बनाउन हरेक कदम हरु पहल गर्ने।
  • ७ च्यापटरको हरेक गतिविधि र कार्यक्रमको जानकारी छिटो र सजिलो रुपमा समुदायमा पुर्याउन सामाजिक संजाल र वेवसाइट निर्माणमा जोड दिने। यसका साथै समाजको हकहितको लागि आवस्यकता अनुसार कार्यक्रम हरु थप्दै जाने।