-Bal Kumari Ghimire

गद्य कविता-तीज!

Hollywood Khabar August 23,2022 Comments

-बालकुमारी घिमिरे-गजलिका, अगष्ट २३, २०२२

 

हुँदा खानेलाई संस्कार

हुने खानेलाई झन्कार

संस्कारको नाउँमा

देखासिखी

र प्रतिष्पर्धाले

जरा गाड्दै गएको

चेलीहरूको चाड

हरितालिका

याने कि तीज!

 

छैन पानी

लोप्चन कुवामा

झर्दैनन् जोर धारा

पधेँरोमा

मनका दुख

र पीडासँगै

खुशी

र हाँसो छर्दै

मस्किदै

इल्लिदै

नुहाउँदैनन् दिदीबहिनीहरू

पँधेरोमा

थाप्दैनन् चाल्नीबाट पानी

भनिदैन “अपमार्ग

सीता लस्कर सर्व पाप

हरहर”

टोकिदैनन् दत्तीवन

दाँतले

खोजिदैन नागवेली

घ्युँमा भुटी भुटी पाक्दैन

ढकने किटको कराईमा

आजकल तीजमा!

 

पहिला

पहिला त

केही दिन मात्र

मनाइन्थ्यो तीज!

तर

आजभोलि त

महिनौँदेखि मनाइन्छ

त्यो पनि

घरमा होइन

ठुला ठुला तारे होटल

पाटी प्यालेसमा

यहाँ संस्कारको नाउँमा

पर्वको नाउँमा

देखासिखी बढेको छ

धन

र सम्पत्तिको

होडबाजी चलेको छ

मात्र धन हुनेका लागि

मात्र बनेको छ तीज!
 

सासद!

आमाहरूले

एउटै धोतीले

वर्षौं तीज

कटाउनु हुन्थ्यो

तर

आजभोलि त

एक पटक लगाएको कपडा

दोस्रो पटक

लाउन हुन्न रे

चमेलीले

नयाँ गहना लगाई भने

सुन्तलीले पनि

उसकै सिको गर्नु पर्छ रे

गोजीमा दाम होस्

या नहोस्

श्रीमानसँग होस्

या नहोस्

उसले भनेपछि

श्रीमानले किन्दिनै पर्ने

जसरी पनि

कमाउनै पर्ने

उसको तलबले पुग्दैन

अब

लामा हात नगरेर

के गर्ने विचराले!

श्रीमानलाई

बाङ्गो बाटो हिँड्न

बाध्य बनाउँदैछ

आजकल तीज!

 

मेरी हजुर आमा

र आमाले

वर्षौं सम्म

एउटै साडी लगाउनु हुन्थ्यो

एउटै गहनाले

गुजारा गर्नु हुन्थ्यो

खै बहाँहरूलाई

महादेवले

कहिल्यै भन्नू भएन

नयाँ लगाऊ भनेर

तर

आजकल त

पुरानो लाउनु हुन्न रे

तीजमा!

मलाई कताकता

सोच्न बाध्य बनाउँदै छ

कतै

आधुनिकताको नाममा

हामी

हाम्रा धर्म

संस्कृति

संस्कार

परम्परा

र पर्वको

उपहाँस त गरिरहेका छैनौ?

तीन सय चौसठ्ठी दिन

पतिको सत्तो सराप गरेर

एक दिन पानी खाँदैमा

पति निरोगी

र लामो आयु

पक्कै हुने होइन

यो कुरा बुझ्न जरूरी छ

आधुनिक तीजका

झुण्डहरूलाई!

श्रीमानलाई

लामो हात गर्नबाट

रोक्न जरूरी छ

एक छिन् राम्रो हुँदैमा

धर्म गरिदैन

मनमा शान्ति मिल्दैन

बरू सकिन्छ भने

दिनरात बनी गरेर

हातमुख जोर्न

डल्ली

र कलीको जस्तै तीज

मनाउन सिकौँ

जसको मन सफा छ

लामो हात गर्न जान्दैनन्

सच्चा संस्कार डल्ली

र कालीसँग छ

सिको गरौँ उनैको

खाँटी तीज डल्ली

र कालीसँग छ!

संस्कारको तीज!

संस्कृतिको तीज!

महिलहरूको

महान चाड तीज!!