-Gita Bajagain Adhikari

तीज गीत

Hollywood Khabar August 05,2022 Comments

-गीता बजगाई अधिकारी, अगष्ट ६, २०२२

 

संस्कारलाई धानेर विकृतिलाई फालेर

गीत गाउॅन संगी हो भाका हालेर

 

परम्परा मासिदै गो विकृति झन् बढेको

ऋण काडेर तीज मनाउने चलन चलेको

तीजको दर मासु रक्सी के को व्रत बस्ने हो

को बनाउॅछ घरमा खाना होटल पस्ने हो

 

संस्कारलाई मानेर सभ्यतालाई जोगाउन

ढल्की नाचौं सॅगी हो तीज मनाउन

 

बुढा भा का आमाहरू ढिकी जॅातो मेलैमा

हुइस्की ब्रान्डी पोखिएछन् दैलो ठेलैमा

देखाउनलाई भए पनि गिफ्टहरू बॅाड्ने रे

तीज मनाको बैंकको किस्ता व्याजले धान्ने रे

 

लौ हेर दिदी बैनी कस्तो आयो चलन

संस्कृतिलाई जोगाएर तीज मानौं न

 

बर्षौसम्म नभेटेका साथी सॅगी भेटन

दुख सुख एक आपसमा गीतमा मेटन

वर्ष दिनमा जम्मा भई खीर लट्टे खानलाई

चट्ट पर दिदी बहिनी माईत जानलाई

 

साडी चोलो चिटिक्क्क ससृङ्गारले सजाई

ढल्की नाचौ दिदी बहिनी पाउजु लगाई

 

भए भरका दिनहरू वित्छन् पराई घरमा

जन्मिएको माटो टेक्न माईत जाऊ न

रीता सीता लक्ष्मी सबै जम्मा भएर

बाबाज्यूको आगनीमा नाच्यौ गएर

 

संस्कारलाई बचाएर सभ्यतालाई जोगाउन

ढल्की नाचौ सॅगी हो तीज मनाऔ न