-कांग्रेस केन्द्रिय सदस्य राणा अर्थमन्त्रीको लाइनमा

कांग्रेस केन्द्रिय सदस्य राणा अर्थमन्त्रीको लाइनमा

Hollywood Khabar March 14,2023 Comments

नेपाल सरकारको मन्त्रिपरिषद् विस्तारको तयारी हुँदैगर्दा संद्सादमा प्रतिपक्ष तर गठबन्धनले सत्तापक्ष नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरुको नाम बाहिर आउन थालेका छन्। तर मन्त्री परिषदको बिस्तार भने उपराष्ट्रपति निर्वाचन पछि मात्र हुने भएको छ।

दलहरुले भारी समर्थन दिएता पनि यो पटक एमाले, राप्रपा र रास्वपा सत्ताबाट बाहिरिएसंगै प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिनुपर्ने भएको छ। विश्वासको मतको लगत्यै मन्त्रीपरिषद बिस्तार हुनेछ। यो पटक गृह माओवादी आफैंले राखेर महत्वपूर्ण मानिने अर्थ र परराष्ट्र मन्त्रालय कांग्रेसले पाउने निश्चित जस्तै भएको छ।

नेपाली कांग्रेसबाट अर्थमन्त्री बन्नेमा जम्मा दुइ नेताको नाम अगाडी आएको छ। प्रवक्ता डा प्रकाशशरण महत र केन्द्रिय सदस्य उदय शमशेर राणाको नाम अग्रस्थानमा रहेको छ। अर्थ बिज्ञ भएकाले डा महतको संभावना अगाडी भएको बताइन्छ। माओबादी केन्द्रले पनि कांग्रेसका बिज्ञलाइ नै अर्थ दिने सोच बनाएको छ।

तर पूर्व अर्थराज्यमन्त्री समेत रहेका राणाले कांगेस सरकारमा रहेको अवस्थामा आफू अर्थमन्त्री हुने दाबी धेरै महिना पहिला नै गरेका थिए। उनि पूर्व अर्थराज्यमन्त्री समेत भएका र सभापति देउवाका विश्वासपात्र समेत भएकाले पनि यो पटक राणाको अर्थमन्त्री हुने कुरामा बलियो संभावना रहेको छ।

एक श्रोतका अनुसार नेका उपसभापति पूर्णबहादुर खड्का उपप्रधान सहित रक्षामन्त्री, डा प्रकाशशरण महत परराष्ट्र, उदय शम्शेर राणा अर्थमन्त्री हुने बताइन्छ। त्यसैगरी डा शेखर कोइराला पक्षबाट उपसभापति धनराज गुरुङ र एक महिला नेत्री मन्त्री हुने बताइन्छ। तर डा आरजु राणा देउबाले आफ्नै नेतृत्वमा उपप्रधान सहित परराष्ट्र मन्त्री हुने भन्ने पनि चर्चा चल्न थालेको छ।

उदय शम्शेर राणा संबन्धि अन्य लेख/समाचार

ललितपुर १ मा एमालेलाई धक्का, उदय शमशेरको सपोर्ट, सिलवालको कन्तविजोग

ललितपुर १ का उम्मेदवार राणा र प्रदेशका उम्मेदवारहरुको चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

सिलवालजी योग्य भएको भए लुकेर राती राती क्षेत्रमा किन जानुपर्यो? उदय राणा

ललितपुर १ का मतदाता भन्छन्, उदय शमसेर आशालाग्दो उम्मेदवार हो

ललितपपुर १ को समृद्धि र विकास नै आफ्नो एकमात्र चुनावी एजेण्डा:उदयशमशेर राणा

कांग्रेस केन्द्रिय सदस्य उदय शमशेर राणाद्वारा ललितपुर १ मा उम्मेदवारी दर्ता

लेले-चन्दनपुर सडक कांग्रेसले जिते या नजिते पनि कालोपत्रे हुन्छ, कांग्रेस नेता राणा

कांग्रेस नेता उदय राणाको क्षेत्रका ३० वडामा कांग्रेस २२, माओवादी ५ र एमालेको ३ मात्र

नेका केन्द्रीय सदस्य राणलाइ जनसम्पर्क समिति परिचालनको जिम्मेवारी

पूर्व अर्थराज्यमन्त्री उदय शम्शेर राणा नेपाली कांग्रेसको केन्द्रिय सदस्यका उम्मेदवार

सत्तामा पुग्ने मात्र होइन सरकार संचालन गर्ने दस्ताबेज पनि बनाउनु जरुरी छ-राणा

नेबि संघ भारतको दिल्लीमा हुने अन्तरकृयामा राणा प्रमुख अतिथि

कांग्रेसको कार्यदिशा: बलियो पार्टी, युबालाइ अवसर, २५ लाख नयाँ मतदाता