-एनआरएनए यूकेको ४० हजार पाउण्ड घोटालामा उपाध्यक्ष खड्का पनि संलग्न

एनआरएनए यूकेको ४० हजार पाउण्ड घोटालामा उपाध्यक्ष खड्का पनि संलग्न

Hollywood Khabar September 28,2022 Comments

बेलायतको च्यारिटीमा दर्ता भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको झण्डै ४० हजार पाउण्ड घोटालामा संघका उपाध्यक्ष सुनिलबाबु खड्काको पनि प्रत्यक्ष संलग्नता खुलासा भएको छ ।

यो घोटालामा एनआरएनए आइसीसीका पूर्व उपाध्यक्ष कुल आचार्य, पूर्व महासचिव हेमराज शर्मा र पूर्व आइसीसी सदस्य रामशरण सिम्खडाको समेत मिलेभगत रहेको थियो।

उपाध्यक्ष खड्का र कोषाध्यक्ष विष्णु खरेलको सांठगांठमा अध्यक्ष प्रेम गाहामगरको अनुमति बिनै ३९ हजार २ सय ८५ पाउण्ड ७३ पेन्स च्यारिटीको पैसा गैर कानूनी रुपमा झिकेर नेपाल पठाइएको थियो। संघको एचएसबीसी बैंक खातामा ठेगाना खड्काको आफ्नै घरको छ। बैंकले २८ जुलाइमा ३९ हजार २ सय ८५ पाउण्ड ७३ पेन्स झिकेको सूचनामा खड्कालाई सम्बोधन गरेको छ।

त्यसैगरि, उपाध्यक्ष खड्काले अध्यक्ष प्रेम गाहामगरलाई थाहै नदिइ संस्थाको विजनेश इन्टरनेट बैंकिङका लागि सुटुक्क बैंकमा आवेदन दिएको पनि पाइएको छ। तर बैंकले अध्यक्ष वा सचिवको सिग्नेचर बिना त्यो गर्न नसकिने भन्दै ४ अगष्टमा निवेदन अस्वीकृत गरिदिएको थियो। सामान्यतया उपाध्यक्षलाई संघको आर्थिक लेखाजोखाको आधिकारिकता हुँदैन। तर खड्काले बर्खास्त भएका कोषाध्यक्ष विष्णु खरेलसंगको मिलेमतोमा च्यारिटी संस्थाको पैसामा रजाइ गर्न लागेका हुन्।

खड्कामाथि एनआरएनए यूके च्यारिटी कमिशनलाई व्यक्तिगत रुपमा कब्जा गर्न खोज्दै १५ मार्चमा कार्यसमितिको म्यान्डेड बमोजिम सिक्नेचरीबाट नाम नहटाएको, संस्थाको सम्पूर्ण कागजातहरु कब्जा लिएको र संस्थाविरुद्ध विभिन्न गतिविधिहरु गरिरहेको आरोप लाग्दै आएका छन्।

यसैबीच, च्यारिटी पैसा घोटालामा मुछिएका खड्कालाई वार्षिक साधारणसभाद्धारा गठित छानवीन समितिले संस्थाको रकम गैर कानूनी रुपमा झिकेको आरोपमा उजुरी परेपछि छानबिनका लागि बोलाएको छ। छानवीन समितिले आँउदो २९ सेप्टेम्बरमा खड्कालाई एनआरएनएको कार्यालयमा उनीमाथि लागेको आरोपमाथि छलफल गर्न बोलाएको हो ।

खड्कामाथि संस्थाको रकम गैर कानूनी रुपमा कोषाध्यक्ष विष्णु खरेलसंगको मिलेमतोमा झिकेको, संस्थाकै सम्पूर्ण कागजातहरु बुझाउन ताकेता गर्दा पनि कब्जा गरेको र संस्था हित विपरित क्रियाकलाप गरेको आरोप छ।

मुख्य रुपमा तीनवटा विषयमा उजुरी परेपछि छानवीनका लागि खड्कालाई बोलाइएको छानवीन समितिका संयोजक डा भीम पुनले बताए। आर्थिक जस्तो गम्भीर विषयमा उजुरी परेकाले त्यस विषयमाथि प्रष्ट पार्न र जवाफका लागि मौका दिने उद्देश्यसहित खड्कालाई बोलाइएको पनि डा. पुनले बताए। खड्कालाई समितिले बिहीबार विहान ९ बजे भित्र छलफलका लागि बोलाएको छ। अब छानविनको दायरामा पर्ने क्यूमा कुल आचार्य, हेमराज शर्मा र रामशरण सिम्खडा रहेका छन्।

एनआरएन बेलायत संबन्धि लेख/समाचार

एनआरएनए युकेद्वारा आइसीसीका पूर्व उपाध्यक्ष कुल आचार्यको सदस्यता खारेज

एनआरएनए युकेका कोषाध्यक्ष खरेल ३९ हजार पाउण्ड अपचलन गरेकाले बर्खास्त

एनआरएनए युकेले भुटानी मुलका आचार्य लगायतको सदस्यता खोसुवा गर्ने

एनआरएनए युके फुटाउने योजना गर्दै कुल आचार्य, हेमराज शर्मा र नारायण कंडेल

एनआरएनए यूके कोषाध्यक्षको अर्को हर्कत, थुप्रै पदाधिकारी जिम्मेवारीमा फर्किए

एनआरएनए यूके कोषाध्यक्ष खरेल निलम्बित भएपछि हिसाव नबुझाइ गायब

एनआरएनए यूकेको कार्यक्रममा अनुपस्थित राजदूत आचार्यप्रति ३ दर्जन संस्थाद्वारा खेद प्रकट

एनआरएनए युकेका कोषाध्यक्षलाइ किनेर किर्ते र भागौटाहरुले ४० हजार पाउण्ड लुटे

नागरिकता विधेयकप्रति हार्दिक आभार, केहि संशोधन गरेर पारित गर्न अध्यक्ष गाहामगरको अनुरोध

एनआरएनए युकेका महासचिवले संघको एक्सेस लिएर दुरुपयोग गरे

एनआरएनए यूके महासचिवविरुद्ध जिडिपिआर उल्लंघन गरकोमा साइबर क्राइममा उजुरी

कुल आचार्यको पहलमा एनआरएनए यूके फुटाउने, उपाध्यक्ष पोखरेललाइ बलिमा चढाउने

एनआरएनए यूकेको अवज्ञा पत्रले ओदान समुह नै ३ टुक्रामा विभाजित