कृष्ण के सी/अमेरिका
रकमा गाउँदै स्टेजमा सबैलाई नचाउने गायिका मध्यकी एक सरस्वती लामा हो। उहासँग छोटो समयको भलाकुसारी पछि काठमाण्डौमा एक मिटिङ्ग भयो।
हिमालयन इण्टरनेशनल ग्रुपको आयोजनामा हुने बिभिन्न प्याट्रनका गीतको प्रतियोगितामा मेरो आफ्नै रचना र रक गायिका सरस्वती लामाको स्वर अनि बसन्त सापकोटाको संगीत रहेको गीत “उर्वसी” लाई हामी दुवैले संयुक्त रुपमा प्रतिस्पर्धामा दर्ता गराइयो। सायद यो गोल्डेन मौका थियो होला। नतिजा के हुन्छ त्यो पछिको कुरा हो तर एउटा प्रतिस्पर्धामा जाने प्रयास गर्नु नै हाम्रो लागि थप प्रोफाइलको कुरा हो।
उर्वसी गीत मेरो जिन्दगीको पहिलो गीत हो। खुसी र आदर्श दुवै पाएको यो गीतबाट हाम्रो अर्को ढोका खुल्नेछ भन्ने विश्वास भने पक्का छ। आयोजकहरुका अनुसार प्रतिस्पर्धाको अन्तिम नतिजा एक भब्य कार्यक्रम सहित आगामी डिसेम्वर २०१७ मा मलेसियामा हुनेछ।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु