-इन्दु पन्त, चण्डोल, काठ्माण्डौ, नोवेम्बर १८, २०२२
भोट हालुँ भोट हालुँ कसलाई भोट हालुँ
कसरी म जानुँ ,राम्रा मान्छे छानुँ ?
एउटा भन्छ तिम्रो आँगन मेलम्चीले धोई दिन्छु
अर्को भन्छ चुल्होमा ग्यास पाइप जडी दिन्छु
युवा जति विदेशिए हामी मात्र बाँकि
नयाँ मुहार आई भन्छ भोट दिऊँ साथी
भ्रष्ट्राचारको अन्त गरी सदाचार ल्याऊछौं
महंगीको मारबाट जनतालाई बचाऊछौं !
देश विकास गर्नलाई धेरै बाटो खोज्छौं
टेक्नोलोजी ल्याई नौलो देशको मुहार फेर्छौं
यस्ता मीठा कुरा गर्ने कति आए , गए
एक मात्र भोट मेरो दोधारमा परें !
यसपाली त शिक्षित का जमात उठेका छन्
केहि राम्रो होला अब सबले सोचेका छन् !
भोट हालुँ भोट हालुँ ,कसलाई भोट हालुँ
कसरी म जानुँ, राम्रा मान्छे छानुँ !!
**इन्दु पन्तका अरु कविता**
रातो गुलाफ-प्रेमदिवसका सन्दर्भमा
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु