हलिउडखबर,अमेरिका/७/१६/२०
नेपाली काँगेस पार्टीले जनसम्पर्क समिति अमेरिकामा बिधान पेलेर ६ बर्ष लगेको भन्दै यहाँका कांग्रेसीहरुले पार्टी र अमेरिकाको बिधि-बिधान अनुरुप हुनेगरी जुलाई १२, २०२० मा नयाँ नेतृत्व चयन गरे। २०१४ मा भएको अधिवेशनका बरिष्ठ उपसभापति धनन्जय नरसिंह के सीको सभापतित्वमा सोहि अधिवेशनबाट निर्वाचित र नयाँहरु थपेर नयाँ नेतृत्व चयन गरिएको थियो।
नेपाली काँगेस पार्टीको वर्तमान शेर बहादुर देउबाको नेतृत्वले बिधान-बिधि र राजनैतिक संस्कार अवलंवन गरेको छैन। यस्ता प्रमाण दर्जनौ छन्। पहिला पहिला कार्यकर्ता र स्थानीय तहमा बिरोध गर्दा सुनिदैन्थ्यो। तर हाल आएर नेपाली काँग्रेस पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादवको नेतृत्वमा देउबा इतर नेताहरुले बिधान मिचेको प्रमाण सहितको ज्ञापन पत्र पार्टीको केन्द्रिय निर्वाचन कार्यालयमा दिएका छन्।
आरोप पत्रमा राणा कालको जस्तो हुकुमी प्रमांगी गरेर पार्टी चलएको, बिधानको ब्यबस्था अनुसार महाधिवेशनको ६ महिनामा सम्पन्न गर्नुपर्ने मनोनयन र बिभाग गठन अहिले आएर गरेको, म्याद सकिएपछि गठन गरिएको एक विभागमा ५० सदस्य राख्दा निर्वाचन प्रणालीमा आउने एकल प्रभाव जस्ता आरोपहरु उल्लेख छन्।
त्यसैले केहि समय पहिला गठन गरिएको भनिएको बिभागहरु आफू पक्षले नमान्ने कुरा समेत उल्लेख गरिएको छ। जुलाई १६, २०२० बिहिबार बुझाइएको सो विज्ञप्तिमा बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले हस्ताक्षर गरेका छन्। पत्रको बोधार्थ पार्टी सभापति देउबालाई पनि दिइएको छ।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!