गरिबले पानी पिएनी ढुङ्गा लाग्छ दातमा अचेल
जीउँने कल्पनाले सधै निन्द्रा भाग्छ रातमा अचेल
हातमुख जोर्ने समस्यामा पसिनाको बिउ रोप्छन्न
तर महलकाले दु:खको फल माग्छ हातमा अचेल
ऽऽऽऽऽऽऽऽ
सत्यले उपाधी पाउछ कनिष्ठको सधै
असत्यले पगरी भिर्छ वरिष्ठको सधै
अचेल जता तता कुरौटेको तैनाथ छ
प्रगती हुन्छ देखाउने घनिष्टको सधै
ऽऽऽऽऽऽऽऽऽऽऽऽ
सपना रातमा हैन दिनमा देख्ने गरौं
मुटुभित्र राष्ट्रको इतिहास लेख्ने गरौं
देशको सिमाना मिची छिमेकि पस्दैछ
लौन सरकार काढेतारले सिमाना छेक्ने गरौ
मुक्तककार उषा के .सी.
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!