-वडा अध्यक्ष महर्जनलाई हिरासतमा लिएकोप्रति ललितपुर महानगरको ध्यानाकर्षण

वडा अध्यक्ष महर्जनलाई हिरासतमा लिएकोप्रति ललितपुर महानगरको ध्यानाकर्षण

Hollywood Khabar July 13,2020 Comments

ललितपुर महानगरपालिकाले सेवाग्राहीले पेश गरेको निवेदनको आधारमा कानुन बमोजिम गरिदिएको नाता प्रमाणितको विषयमा महानगरपालिका वडा नं ३ का वडा अध्यक्ष श्री गोपाल महर्जनलाई नेपाल प्रहरी अन्तर्गतको मानव बेचविखन अनुसन्धान व्यूरोले हिरासतमा लिएको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

ललितपुर महानगरपालिका नगरकार्यपालिकाको मंगलबार बसेको बोर्ड बैठकको निर्णय अनुसार जारी गरिएको विज्ञप्तिमा उक्त ध्यानाकर्षण उल्लेख छ। विज्ञप्तिमा भनिएको छ,‘ वडावासीको सेवामा इमान्दारीपूवर्क समर्मित जनप्रतिनिधिहरुको प्रत्यक्ष संलग्नता नभई वडा बाहिरका अन्य व्यक्तिहरुले झेली गरेको गलत लिखत र क्रियाकलापमा वडाअध्यक्षलाई समेत मुछी हिरासतमा लिएबाट जनप्रतिनिधिहरु हतोत्साहित भएका छन्। यो घटनाले जनप्रतिनिधिहरुमा काम गर्न त्रासको वातावरण सिर्जना भएको उल्लेख गर्दै यथाशीघ्र सत्यतथ्य छानविन गरी जनप्रतिनिधिहरुलाई जनताको सेवामा समर्पित हुने कार्यबाट वंञ्चित नगराउन विज्ञप्तिमा भनिएको छ।

यसैगरी अनुसन्धानमा रहेको निजको विषयलाई गलत प्रचार नगर्न र नगराउन समेत महानगरपालिकाले विज्ञप्ति मार्फत अनुरोध गरेको छ। स्थानीय सरकार संचालन ऐन,२०७४ मा सिफारिस तथा प्रमाणित गर्ने कानुनी अधिकार वडा कार्यालयको रहने व्यवस्था छ। यसका साथै वडा प्रमुुखको हैसियतले वडा अध्यक्षबाट त्यस्ता कामहरु प्रमाणित गर्न कानुनी व्यवस्था छ।