डा महतो ५० करोड माग्न अर्थमन्त्रीकोमा, नेपालीको करको पैसा व्यक्तिको लागि किन दिने?

Hollywood Khabar April 10,2023 Comments

कृष्ण के सी, अमेरिका, अप्रिल ९, २०२३/गैरआवासीय नेपाली संघको रसियन माफिया भनेर चिनिने जिबा लामिछाने र डा उपेन्द्र महतो अर्थात महतो-लामिछाने (मलामी) समूहका मुख्य मलामी डा महतो नेपाल सरकारका अर्थमन्त्री डा प्रकाशशरण महतको कार्यकक्षमा ५० करोड माग्न पुगेका छन्।

एनआरएनको नाम लिने, नेपालमा बस्ने अनि नेपाल नै लुट्ने मध्ये एक हुन मुख्य मलामी डा उपेन्द्र महतो। उनि एनआरएनएका संस्थापक अध्यक्ष हुन्। तर २०१३ देखि उनि एनआरएन होइनन रिटर्न एनआरएन हुन्। उनले काठमाण्डौ नयाँ बसपार्कमा करोडौं लुटे, मेडीसिटी अस्पतालको नाममा दुइ राजकुलो सहित करिब १०० रोपनी नख्खु खोलाको किनारा हडपेका छन्। 

ठुलो संख्यामा एनआरएनहरु लुट्न पल्केका मुख्य मलामी डा महतोले १० अर्ब लगानीको अर्को लुट योजनामा ५० करोड माग्न मन्त्रालय पुगेका हुन्। वास्तावमा १० अर्वको लगानीको बिषय भवन भट्टले आफू अध्यक्ष हुँदा बेलायतबाट घोषणा गरेका हुन्। 

त्यसमा प्रोमोटर र आइपिओ गरेर ९५% पुर्याउने र नेपाल सरकारको ५% लगानी गर्ने सड्यन्त्रकारी गुरु योजना गरिएको थियो। तर पछि त्यसमा लुटको योजना देखेर धेरै प्रोमोटरहरुले हात हटाए। लगानीको सुखा पर्न थाल्यो, आइपीओमा गएन, अब पैसा डुब्न लाग्यो। अनि उनीहरु फेरी कमिशनको झोली बोकेर मन्त्रीकोमा पुगे। अहिले मुख्य मलामी डा महतो सोहि कुरा बढाएर ८५% आइपीओबाट उठाउने योजनामा पुगेका छन्। 

स्मरणीय कुरा, आइपीओमा शेयर किन्नेहरू कर्पोरेट बोर्डमा पुग्दैनन या सजिलो संभावना छैन। अनि मन मौजी रुपमा पुंजी आफ्नो ठाउँमा लगानी गर्न पाइयो। नेपाली नागरिकले तिरेको करको ५० करोड पैसा नेपाल सरकारसँग लिएर व्यक्तिको फाइदामा किन दिने?

भलै मन्त्री डा महतले लुटको अंश लिनेवाला छैनन र नेपालको यो आर्थिक संकटमा केहि लुटेराहरुलाइ त्यति ठुलो रकम नदेलान तर पनि उनीहरुको मलामी पुजाको ताकेता भने टुट्नेवाला छैन। 

त्यसैगरी नै त्यहि मलामी समूहले गत अक्टुवर २०२२ मा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापालाइ प्रलोभन दिएर पावर ब्रोकर बनाएर लुटको अबैधानिक एनआरएन समूह बनाउन सफल भएका थिए।

****************

एनआरएनएमा महतो-लामिछाने संबन्धि समाचार

एनआरएनए मलामी समूहमा बेकुफ, उल्लु, भागौटा, रजौटा देखेर बकुल्लाहरु जिल्ल  

लामिछाने-महतोको एनआरएनएमा भ्रष्टलाई सीइओ बनाउन गगन थापाको दबाब

एनआरएनएमा क्लासिक बिराशतको भ्रम अन्त्य, हाम्रा कामले उता काठको ओदान खरानी

एनआरएनए ओदान समूहको आइसीसी सदस्य अक्शनमा, प्रति सदस्य ४ हजार डलर

कुल आचार्यको पहलमा एनआरएनए यूके फुटाउने, उपाध्यक्ष पोखरेललाइ बलिमा चढाउने

एनआरएनए लामिछाने-महतोको कक्टेल समूहले सदस्यताको पैसाले कक्टेल पार्टी गर्दै

एनआरएनए लामिछाने-महतो समूहका ११ व्यक्ति अयोग्य, एउटामा मनोनयन अर्कोमा नियुक्ति

एनआरएनए ओदान समुहमा भुकम्प, युवा र महिला उपाध्यक्ष समेत १०० जति पद चैट हुने

एनआरएनएमा शक्तिको दुरुपयोग, लामिछाने-महतोको खेलले प्रधानमन्त्री समेत फस्ने

एनआरएनएको नाटकीय एकताको नाममा गरिएको घृणित कार्यको अमेरिकाका २९ वटै राज्यच्याप्टरद्वारा घोर भर्त्सना

नेपालमै बस्ने, नेपाललै ठग्ने, एनआरएनको लगानी भन्दै उल्लु बनाउने मान्छे डा महतो

एनआरएनएलाइ पन्त नेतृत्वले ब्यांकरप्सीको अवस्थामा पुर्यायो, मुख्यालय भाडामा दिनु गैरकानुनी

एनआरएनएमा वार्ता गर्ने भन्दै दुनियाँ झुक्क्याउने लामिछाने-महतो फ्लप, फ्लप अनि सुपर फ्लप 

एनआरएनएमा उम्मेदवारको खडेरी, तिरस्कृत हुँदै पूर्व अध्यक्षहरु डा महतो र लामिछाने

एनआरएनए एचएलसीबाट आफ्नो स्वार्थ पुरा नहुने भएपछि डा महतोले राजीनामा दिए, डा घलेले प्रतिवेदन

गैरआवासीय नेपाली नागरिकताको बिरोधमा महतो-लामिछानेको मन्त्री कार्कीलाइ खेश्रा

एनआरएनए फुटाएर पुटिन स्टाइमा जाने पूर्व अध्यक्ष लामिछाने र महतोको अन्तिम तयारी

एनआरएनए पूर्व अध्यक्ष लामिछानेले डोल्मा शेर्पा रिहाइको ३२ लाख ब्लडमनि हजम पारे

एनआरएनएको निर्वाचन आजै गरौँ भन्ने महतो-लामिछानेको हतारोभित्र लुकेको सड्यन्त्र

काठ्माण्डौको बसपार्क लुटेर खानेमा राजनेता देखि एनआरएनए पूर्व अध्यक्ष डा महतो सम्म

एनआरएनको स्टाटस समाप्त भएका संस्थापक अध्यक्ष डा महतोलाइ ७ प्रश्न, जवाफ पाउने हाम्रो अधिकार छ

एनआरएन फुटाएर सार्क देश सहितको अर्को संघ बनाउने महतो-लामिछानेको सड्यन्त्र

एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोको एनअरएन स्टाटस समाप्त

एनआरएन आधिकारिक रुपमा फुटाएर जीवा लामिछानेले एनआरएनए फाउण्डेशन प्राली दर्ता गरे