एनआरएनएको ११ औं महाधिवेशन संबन्धि धारणाले किर्ते मण्डली अनलाइमा सिमित भए

Hollywood Khabar April 21,2023 Comments

कृष्ण के सी, अमेरिका, अप्रिल २०, २०२३

गैरआवासीय नेपाली संघ-एनआरएनएका बिचमा काम गर्ने समूह नै अहिले सफल हुँदै गएको छ। चौतर्फी रुपमा हल्ला गर्ने र काम नगर्ने, फर्जी, किर्ते, लुट र निजी स्वार्थमा लागेका टुकडीहरु बिस्तारै विस्थापित हुँदै गएका छन्। गत मार्च २०२२ मा होटल याक यतिमा सम्पन्न गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनबाट बिनोद कुँवरको अध्यक्षतामा निर्वाचित टिमले द्रुत गतिमा सँस्थाका काम गर्दै गएको छ।

२०१३ देखि नै गैरआवासीय नेपालीको स्टाटस गुमाएका (रिटर्न एनआरएन) डा. उपेन्द्र महतो र पूर्व अध्यक्ष जीवा लामिछानेको अनलाइन टुकडीले एकताको हावा गफ दिन थालेको महिनौं भयो। आफूहरु बारीको अन्तिम पाटोको पनि डिलमा पुगेपछि जोगिनकै लागि महतो-लामिछाने समुहले वार्ताको गफ दिएको हर्कत कसैले पनि पत्याएनन। संघको पंजीकृत सदस्य बनाउन एमआइएसको नाममा अनावश्यक कागजात र डेटा जम्मा गरेर स्क्यामर, चीन र रसीयलाइ बेच्ने तयारी गरिएका उक्त समूहले अनावश्यक आधार हीन कुरा फेसबुकमा लेख्न थालेका छन्।

नेपालमा १० अर्वको लगानी भन्दै नेपाल सरकारका अर्थमन्त्रीसँग भेटेर ५० करोड रुपैयाँ आफ्नो निजी कम्पनिको लागि माग्ने महतो-लामिछानेको कुरा अब छुप्दैन। बैदेशिक लगानी नेपालमा भित्याउने भन्ने अनि नेपाली नागरिकले तिरेको करको पैसा आफ्नो कम्पनिको लागि माग्ने ? अब यस्तो कुरा छ्प्दैन। मेडिसिटीमा सिटी बजी सक्यो उता सानीमा र काकीमाको डुंगा डुब्न लागेको कुरा आइसक्यो।

एउटा आधिकारिक चिठी लेख्न हुती नहुने हुक्के, डोले, झोलेहरुको हैसियत भनेको फेसबुकमा लेख्ने बाहेको के नै हुन्छ? उनीहरु अब अनलाइनमा समिति भैसके अनलाइन एनआरएन समूहका कुरा कसले पत्याउने ?

उता आधिकारिक समूहले अप्रिल १६, २०२३ मा आम एनआरएन र सँस्थाका सबैलाई संबोधन र जानकरी गराउँदै ११ औं महाधिवेशनको विज्ञप्ति (पढ्नको लागि यहाँ क्लिक गर्नुहोस) सार्वजनिक गर्यौं। त्यसपछि सबैलाई यथार्थ कुरा जानकरी भयो। 

असमाञ्जस्यमा परेका महतो-लामिछाने समुहले छरपस्ट रुपमा फेसबुकमा कहानी र बेथानी लेख्न थाले। अब त्यो एकल पुरुषहरुको फेसबुक स्टाटसको आधिकरिकता हुने र पत्याउने कोही छैन। आम एनआरएनहरुले “को सँस्था घाती र को संस्थावादी” भन्ने जानकारी पाइसके। अब कसैले नोट गरे हुन्छ, महतो-लामिछाने समूह अक्टुवर २०२३ मा सानो अनि अक्टुवर २०२५ मा पुग्दा अनलाइनमा मात्र सिमित हुनेछन र २०२७ मा एका देशको इतिहासमा सिमित हुनेछन।