फेरी पनि युट्युवर श्रेष्ठकै कुरा, एकपछि अर्को कर्तुत खुल्दै जान थाले

Hollywood Khabar August 28,2023 Comments

परंपरागत रुपमा चलेको संचारबाट मेटाभर्स, बेटाभर्समा र एआइमा पुग्दा दुनियाँको संचार बिछट्टै परिवर्तित भएको छ। के मिडिया हो, के न्यूज हो र के आधिकारिक अनि के पिट्फ़ल्स छुट्याउन कठिन भएको छ। सोसल मिडियाका इण्टरटेनमेन्ट र न्यूज पनि छरपष्ट मिसिएका छन्। त्यो स्थितिमा सर्वसाधारणले पिडा त पाउने भएकै कुरा हो।

युट्युव एउटा सुन्दर पक्ष हो। यसले दुनियाँलाइ धेरै कुरा दिएको छ। त्यो सुन्दर पक्षलाइ युट्युवरहरुले सदुपयोग र दुरुपयोग दुवै गरेका छन। पछिल्लो समय नेपालका केहि युट्युवरहरुले यसको दुरुपयोग गरेर नागरिकहरुलाइ पिडा दिने, बलात्कार र अन्य प्रयास गर्ने काम गरेको कुरा धेरै पटक बाहिर आएकै छन्। 

यसै क्रममा धरै पटक अनुरोध आएपछि अघिल्लो पटक उर्लाबारीका युट्युवर किशोर श्रेष्ठबारे एउटा समाचार पोस्ट गरिएको थियो। त्यो समाचारको प्रसार हेर्दा लाग्दैथियो, यस्ता पिडक धेरै छन् र पीडाका कुरा अझै धेरै छन्। उनैका पनि एक होइन धेरै कुरा छन् तर बाहिर आएका छैनन। अहिले आएर उनै श्रेष्ठका थप कुरा बाहिर आएका छन्।

उर्लाबारीका युट्युवर किशोर श्रेष्ठले सर्वसाधारणसँग पैसा असुलेका घटना एकपछि अर्को सार्वजनिक हुन थालेका छन्। वर्षाैं देखि हराएका आफन्त, विदेशबाट श्रीमानले कमाएर पठाएको रुपैयाँ, पैसा र धन दाैलत बाेकी फरार भएका महिला एवम् बैदेशिक राेजगारको क्रममा एजेन्टबाट ठगिएका सर्वसाधारणसँग घुमाउरो पाराले ठगि गर्ने गरेको तथ्य सार्वजनिक भएको हाे।

केही महिना अघि आफ्ना बाबु खाेजि गरिदिन आग्रह गर्दै श्रेष्ठको उर्लाबारी ५ स्थित कार्यालय पुगेका साेममाया तामाङ (माझी) मनमाया तामाङसँग श्रेष्ठले ४० हजार नगद लिएको खुलेको छ। १४ वर्ष अघि साउदी अरव गएका बाबु शुक्रबहादुर तामाङको खाेजिका लागि याचना गर्दै उर्लाबारी पुगेका तामाङ दिदीबहिनीले भने- १००% भेटिने भनेपछि पैसा दियाैं। तर न बाबु भेटिनु भएन। बाबु भेट्टाइ दिन्छु भनेपछि पैसा दियाैं तर अहिले सम्म न सास छ न लास छ।

ह्वाट्सएपबाट ठगिएकी साेही ठाउँकी अर्की महिला (नाम गाेप्य राख्न चाहने) ले भनि - ५ लाख त डुबिसकेकाे थियोे। युवामन नेपालमा भिडियो आएपछि पैसाखाने मान्छे पत्ता लाग्छ, भनेर अरु २५ हजार श्रेष्ठलाई दिएँ। तर,पैसा मात्रै गयाे। मिडियाले विज्ञापन प्रशारण गरेवापत पैसा लिने चलन संसार भर चलेको छ। तर पीडा ब्यथा र चाेट बाेकेर मिडियासँग सहारा लिन गएका सर्वसाधारणसँग पीडामा खेलवाड गरि गरि पैसा लिने चलन पछिल्लो समय माैलाउँदै जान थालेको छ। खासगरी युट्युवरहरू भ्युज बढाउने कन्टेन्टकाे खाेजिमा हुन्छन्। आफैं शिकार बनेर गएका पीडितहरू माथि युट्युवर मनलाग्दी रकम असुलेर पठाउँछन्। कतिपय आफ्नो आवाज पिडक सम्म पुग्न आशामा २/४ हजार खर्च पनि गर्छन्। तर अधिकांश उल्टाे थप पीडा बाेकेर फर्कन्छन।

बाग्लुङ घर भएका विश्वकर्मा थरका एक ब्यक्तिले श्रेष्ठलाई श्रीमती फर्काउन सहयाेग मागेका थिए। पाेखराबाट रात्रि बस चढेर आएका विकले श्रेष्ठलाई भनेजति पैसा दिए। पाँचथरसम्म स्काेरिपियाे रिजर्भ गरि लगे। तर हात लागि शून्य। हाल कतारमा रहेका विक अझै पनि श्रेष्ठलाई हार गुहार गरिरहेका छन्।

समस्याको समाधान भन्दा त्याे पीडालाई फुर्सदिला मानिसहरूकाे आहार बनाउने खालका भिडियो बनाएर उनी युवामन नेपालमा पाेष्ट्याउछन्। जति बढि भ्युज उति नै बढी नगद बैंकमा जम्मा हुने भएकोले पीडामै खेल्न रमाइरहेका छन् किशोर।

पहिलाको समाचार लिंक:

अनधिकृत रुपमा अर्काको व्यक्तिगत जीवनमा गएर पिडितलाई झन पिडित बनाउदै यूट्यूवर श्रेष्ठ