मारवाडी सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयलसँग उपसचिव अधिकारी

उपसचिव अधिकारीद्वारा अख्तियारी दुरुपयोग, गोयलसँग रिसोर्टमा ‘डिल’-भाग २

Hollywood Khabar October 26,2023 Comments

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिव मोहन अधिकारीको अनुचित र अस्वाभाविक सम्पर्क र सम्बन्ध व्यापारी, उच्च घराना र उजुरी परेका व्यक्तिसँग रहेको खुलेको छ। उपसचिव अधिकारीले अस्वाभाविक सम्पर्क र सम्बन्ध बनाइ मुद्दा प्रभावित गर्ने गरेको खुलासा पीडितले गरेका हुन्। 

मारवाडी सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयलसँग पनि उपसचिव अधिकारीको सम्पर्क रहेको पुष्टि भएको छ। बालुवाटारको ललिता निवास जग्गा प्रकरणका अभियुक्त गोयलसँग उपसचिव अधिकारीले राजधानीकै एक रिसोर्टमा भेट गरेका हुन्। यो घटना पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीको सन्दर्भमा मुद्दा दायर गर्नुभन्दा केही दिनअघिको हो। 

स्रोतका अनुसार असोज १४ गते जलहरी प्रकरणमा मुद्दा दायर गर्नुअघि उपसचिव अधिकारी र अध्यक्ष गोयललाई पशुपति क्षेत्र विकास कोषकै एक पदाधिकारीले भेटघाट मिलाइदिएका हुन्। अधिकारी र गोयललाई भेट मिलाउने पशुपति क्षेत्र विकास कोषकै एक पदाधिकारी हुन्। उनी जलहरी प्रकरणमा मुद्दा दायर गर्नुअघि निकै सक्रिय थिए, पुष्टि नहुने र तत्कालीन प्रधानमन्त्री र पर्यटनमन्त्रीलाई नचलाइ केही व्यक्तिलाई मात्रै मुद्दा चलाउनुको पछाडि निकै ठुलो षडयन्त्र छ, स्रोतले भन्यो। 

असोज पहिलो र दोस्रो साता निरन्तर भेटेका अख्तियारका उपसचिव अधिकारी र मारवाडी सेवा समितिका अध्यक्ष गोयलबीच पहिलो चरणमा केही प्रतिनिधिमार्फत संवाद भयो। त्यसपछि डिल फाइनल गर्न अधिकारी र गोयल बसे। उनीहरूबीच के विषयमा सहमति भयो भन्ने कुरा पछि खुल्नेछ। तर उपसचिव अधिकारीले अभियुक्तहरूसँग रिसोर्ट र क्याफेमा भेट्नु सामान्य हो। उपसचिव मोहन अधिकारीको गतिविधि निकै शंकास्पद भए पनि शक्ति र अख्तियारी दुरुपयोग गरेर उनले चलाइरहेको ठगी धन्दा निकै गम्भीर छ। उनीमाथि छानबिन हुनुपर्छ, अख्तियारकै एक कर्मचारीले भने।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिव मोहन अधिकारी अधिकारीको अख्तियारी दुरुपयोगको श्रृंखलाहरु:

अख्तियारकै उपसचिव अधिकारीबाट अख्तियारी दुरुपयोग-भाग १