The Creator एआइ फिल्म र २०६० मा पुग्दा आउने अवस्था

Hollywood Khabar March 01,2024 Comments

कृष्ण के सी, अक्टुवर २२, २०२३

सेप्टेम्बर २९, २०२३ मा लन्च भएको Artificial Intelligence(AI) प्रबिधिबाट बनेको The Creator फिल्मले थुप्रै सनसनी र जिज्ञासा पैदा गर्यो। हुन त थुप्रै कुरा फिल्म बनेपछि कालान्तरमा सोहि प्रकृतिका दुर्घटना पनि भएका छन्। चाहे त्यो ट्विनटावर या अन्य दुर्घटना नै किन नहुन। द क्रियटरमा थुप्रै डरलाग्दा स्टनिङ्ग छन्। एआइका राम्रा पक्षमात्र होइन यसबाट आउन सक्ने खतरा पनि जेनेरेट गरिएका छन्।

Gareth Edwards आफैं फिल्मका निर्देशन कोराइटर पनि हुन्। फिल्मले सुन्दर पक्षहरुलाइ कैद गर्न सफल भएता पनि संदेश दिने कुरामा भने अलिकति चुकेको कुरा अन्य रिभ्यू राइटरले पनि उल्लेख गरेका छन्। तरपनि यसले सास नै रोकिने खालका काल्पनिक दृश्य र घटनाहरु भने जेनेरेट/कैद गरेको छ।

Greig Fraser र Oren Soffer ले सिनेम्याटोग्राफ गरेको फिल्मको दृश्यको पक्ष भने दमदार नै छ। उसो त यिनीहरुले Dune, The Batman, Edwards, Rogue One, A Star Wars Story जस्तै The Creator मा पनि अद्भुत पक्ष बनाएका छन्। फिल्मी दुनियामा यो एआइ प्रविधिले बनेको फिल्मले तहल्का पिट्ने र नयाँ युगको सुरुवात हुने अनुमान गरिएको छ।

दर्शकहरुलाइ भरपुर मनोरंजन दिने यो फिल्मले एआइको संभाब्यता र प्रविधिले दिने अलौकिक दृश्यको कुराले अनौठो अनुभव पनि दिनेछ। तरपनि यो फिल्म भने सतही रुपमा सुरुहुन्छ। बनाइएका एक्टरहरुको इमोशन र संबन्धले कतै कतै कथालाई यथार्थकै कलाकारहरु झैं बनाएको पनि छ। 

कथाको फोकस एआइको संभावित खतराको संदेश दिनमा केन्द्रित छ। तरपनि कयारेक्टर मार्फत इथिकल, इमोशनल र भैपरि आउने जटिलताका पक्षलाइ सुन्दर रुपमा प्रस्तुत गरिएको छ।

अहिले AI ले ल्याएको चमत्कार र परिवर्तनले २०६० मा पुग्दा बिश्वो कस्तो होला भन्ने पूर्वानुमानलाइ सहि रुपमा प्रस्तुत गरेको छ। यतिमात्र होइन अबको ४० बर्षमा पुग्दा मेटाभर्स, साइफाई र अन्य पक्ष कुन हदसम्म पुग्लान भन्ने कुराको अनुमान पनि गरेको छ। AI ले मानव जीवनमा ल्याउन सक्ने पक्षलाइ दुरुस्त देखाइएको छ।