एनआरएनएको ११ औं महाधिवेशन तथा बिश्व सम्मेलन, तयारी तिब्र, प्रतिनिधि आउने क्रम जारि

Hollywood Khabar March 12,2024 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशन तथा बिश्वो सम्मेलन मार्च १६ र १७, २०२४ अर्थात बि स २०८० फागुन ३ र ४ गते काठमाण्डौमा हुने भएको छ। महाधिवेशन सफल रुपमा सम्पन्न गर्नको लागि संघले तिब्र रुपमा तयारी गरेको छ।

यो पटक बिश्वका २५ भन्दा धेरै देशका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) र ४० भन्दा धेरै देशका प्रतिनिधिहरुले भाग लिने भएका छन्। महाधिवेशनको लागि बिश्वभरिबाट गैरआवासीय नेपाली (एनआरएन) हरु नेपाल आउने क्रम बढेको छ। 

यो ११ औं महाधिवेशन तथा बिश्व सम्मेलनका आकर्षणका बिषयहरु- जलवायु परिवर्तन र वैकल्पिक उपाय, नेपालको पर्यटन प्रबर्धन, गैर आवासीय नेपाली नागरिकता, बैदेशिक रोजगारी र श्रमिकहरुका समस्या, विदेशमा बस्ने नेपालीहरुको मताधिकारमा पछिल्ला गतिबिधि र हाम्रो योगदान, दोश्रो पुस्ता र महिला जस्ता रहेका छन्।

गैरआवासीय नेपाली संघले बिश्वभरीका सम्पूर्ण गैरआवासीय नेपालीहरुलाइ ११ औं महाधिवेशन तथा बिश्वो सम्मेलनमा भाग लिन हार्दिक आमन्त्रण गरेको छ।

मिडिया एण्ड पब्लिकेशन कमिटी 

गैरआवासीय नेपाली संघ

मार्च १२, २०२४