गैरआवासीय नेपाली संघको बार्षिक साधारण सभा २०२४ सम्पन्न, ४ प्रोजेक्टमा हस्ताक्षर

Hollywood Khabar March 17,2024 Comments

विज्ञप्ति

गैरआवासीय नेपाली संघ (एनआरएनए) को बार्षिक साधारण २०२४ यहि मार्च १७, २०२५ अर्थात चैत्र ४, २०८० का दिन काठमाण्डौको होटल लो मुस्ताङ्ग, ठमेल नर्सिङ्ग चोकमा सम्पन्न भएको छ। संघका पूर्व अध्यक्ष तथा निवर्तमान प्रमुख संरक्षक डा. शेष घलेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सभामा अध्यक्ष बिनोद कुँवरले अध्यक्षता गर्नुभएको थियो। 

सभामा नेपालका तीन भेरी नगरपालीका, आठ्बिस्कोट नगरपालिका र तरकेश्वर नगरपालिका मेयरहरुको बिशेष उपस्थिति रहन गयो। त्यसैगरी संघका वर्तमान तथा पूर्व पदाधिकारीहरु र प्रतिनिधिहरुको उपस्थित रहेको थियो। संघको बिधान अनुसार बार्षिक साधारण सभा र महाधिवेशन भौतिक रुपमा नेपाल नै उपस्थित भएर गर्नुपर्ने छ। 

सभाको उद्घाटन सत्रमा गत २०२२ को मार्चमा सम्पन्न एनआरएनएको १० औं महाधिवेशनबाट बिनोद कुँवरको अध्यक्षतामा निर्वाचित अन्तराष्ट्रिय परिषदले यो २ बर्षको अबधिमा गरेका कार्यक्रमहरु, सामाजिक सेवा र परियोजना लगायतको जानकारी गराइयो। यसका साथै केहि नयाँ परियोजनाहरुको संझौता र थालनी पनि गरिएको छ। 

संघले भूकम्प प्रभावित क्षेत्र आठबिस्कोट र भेरी नगरपालिकामा पुन:निर्माणका दुइ (२) वटा परियोजनाहरु गर्ने संझौतामा हस्ताक्षर गरेको छ। त्यसैगरी तरकेश्वर नगरपालिकामा मोनोरेल संचालन गर्ने बारे अर्को संझौतामा हस्ताक्षर भएको छ। साथै कोरियन कम्पनि र नेपाली गैरआवासीय नेपालीले संचालन गरेको नेपाली कम्पनिबीच कोरियन कस्मेटिक्स उत्पादन र बितरण गर्ने ब्यबसायिक संझौतामा हस्ताक्षर गरिएको छ।

यस बाहेक विभिन्न सामाजिक सेवाका कम गर्ने, Entrepreneurship & Enterprising Development लाइ निरन्तर दिने,  संघका नियमित गतिबिधि गरिनेछ।  साधारण सभामा युरोप, ओसीयानिया, मध्येपूर्व तथा अफ्रिका, एशिया र अमेरिकाज गरी ६ क्षेत्रका २५ भन्दा धेरै देशका राष्ट्रिय स्तरका एनआरएनए र ४० भन्दा धेरै देशका गैरआवासीय नेपाली प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

यस पहिला संघका अध्यक्ष बिनोद कुँवरको नेतृत्वमा पूर्व उपाध्यक्ष सोनाम लामा, पदाधिकारी र एनसीसी प्रतिनिधिहरुले नेपालका परराष्ट्रमन्त्री नारायणकाजि श्रेष्ठसंग भेटेर संघबारे जानकारी गराएको थियो। मन्त्री श्रेष्ठले संघ तीन हुनु राम्रो भएन, अरुलाई पनि त्यहि भनेको र एक भन्दा धेरै हुँदै आफू संलग्न नहुने जानकारी दिंदै उहाँले संघ एउटा हुन बिनोदजीले नै पहल गरेर आउन समेत बताउनु भएको थियो। 

धन्यवाद; 

कृष्ण संजेल के सी 

सचिव तथा मिडिया एण्ड पब्लिकेशन कमिटी संयोजक

गैरआवासीय नेपाली संघ

मार्च १७, २०२४