बागलुङ सेवा समाज र बलेवा समाज अमेरिकाको संयुक्त आयोजना, न्यूयोर्कमा चैते दशै मेला

Hollywood Khabar March 21,2024 Comments

बागलुङ सेवा समाज अमेरिका र बलेवा समाज अमेरिकाको संयुक्त आयोजनामा प्रवासमा रहेर पनि हाम्रो धर्म, संस्कृति-परम्परा र चाडपर्वहरुलाई बढावा दिने र हाम्रा सन्ततिहरुले पनि यस बारेमा बुझ्ने अवसर पाउन र भोलिका दिनमा उनीहरुले पनि यसको अनुसरण गर्दै हाम्रो मौलिक धर्म, संस्कार र चाडपर्वहरु मनाउदै जाने वातावरण बनोस् भन्ने उद्देश्यका साथ न्युयोर्कको कोरोना पार्क, क्विन्समा मिति ०४/१४/२०२४ आइतबारका दिन चैते दशैँ तथा नेपाली नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्न लागिएको छ । जसमा सांस्कृतिक कार्यक्रम , बागलुङको पहीचान नौमती बाजा,लोक-दोहोरी को साथै केही मनोरंजनत्मक खेल हरु ठेलो, लठो तान्ने, घैँटो फुटाउने  साथमा म्युजिकल चियर, राफल चिट्ठा पनि समावेश गरियको जानकारी बागलुङ सेवा समाज अमेरिका का महासचिव कृष्ण सुवेदी ले दिनु भयो ।

बागलुङ जिल्ला नेपाल को गण्डकी प्रदेश अवस्थित एक पहाडी जिल्ला हो। यस जिल्लालाई झोलुङ्गे पुलको जिल्ला भनेर पनि चिनिन्छ,पर्वत र बागलुङ बलेवा जोड्ने पुल साउथ एशिया का अग्लो झोलुङ्गे पुल हो । नेपाल भित्रको सानो नेपाल नामले परिचित जिल्ला गण्डकी प्रदेश पर्ने प्राकृतिक रूपले चिटिक्क परेको सुन्दर पहाडी जिल्ला हो। सोह्र हजार पर्वतको नामले प्रसिद्ध यस जिल्ला प्राकृतिक धार्मिक र सांस्कृतिक रूपये घनी जिल्ला हो । यहा प्रसिद्ध कालीका भगवति मन्दिर, परिसर मा हरेक बर्ष चैते दशैको भव्य मेला लाग्छ भने यस मेला भर्न र माँ भगवती को दर्शन गर्नु को लागी देश बिदेश बाट भक्त जन हरुको घुईचो लाग्दछ ।

बागलुङ पछिल्ला दिन हरुमा नेपाल को प्रमुख पर्यटकीय स्थल को रुपमा बिकसीत हुदै गयको छ यहा का आकर्षक मा बागलुङ कालिका भगवती , विश्वशान्ति सर्वसिध्दिधाम पञ्चकोट, ढोरपाटन शिकार आरक्ष,बलेवा भैरवस्थान , जैमिनेश्वर क्षेत्र, शिवधुरी, गाजा दह ,भकुण्डे धुरी र मूलाबारीको धूरी रहेका छन । भने बागलुङ बलेवा र पर्वत कुश्मा बिच कालीगण्डकी नदी मा बनेको झोलुङ्गे पुल बनेको बन्जीजम्प एशियाकै प्रसिद्ध साहासीक पर्यटन को पहिलो रोजाईमा परेको छ भने कालीगण्डकी नदी राफ़्टिंग साहसिक पर्यटक बिच बिश्वमा प्रसिद्ध छ ।