बिग्रेको कांग्रेसको उँधो मति, न बुद्धि न विवेक, व्यक्तिको बिरोधमा पार्टी केन्द्रित

Hollywood Khabar March 31,2024 Comments

कृष्ण के सी, अमेरिका, मार्च ३१, २०२४

दुइ हप्ता पहिला मार्च १६, २०२४ शनिबार, म नेपाल नेपाल हुँदा नेपाली कांग्रेसका नेता तथा ललितपुर जिल्ला क्षेत्रका नम्बर १ का सांसद उदय शम्शेर राणासँग उहाँकै निजि सचिवालयमा भेट-घाट भयो। व्यक्तिगत संबन्ध र राजनैतिक रुपमा म उहाँको सपोर्टर भएकाले सामान्यतया नेपाल जाँदा उहाँसँग भेटघाट हुन्छ, त्यो सामान्य कुरा भयो। मैले फोटो पोष्ट गर्ने चलन गरेको छैन। 

भेटघाटमा उहाँसँग मैले उहाँ राजनैतिक भविष्यबारे, नेपाली जनसम्पर्क समिति, दैनिक प्रशासनिक सेवा लिन भएका कठिनाइ र काममा भएका असहजता, गैरआवासीय नेपाली संघ (NRNA) र गैरआवासीय नेपाली नागरिकताबारे बनेको ऐन, नियमावलीप्रति संघिय सांसदको हैसियतले रिभ्यू गरिदिन लगायतका बिषयमा कुरा भयो। उहाँले चासो दिएर सुन्नुभयो, प्रतिकृया दिनुभयो र केहि प्रतिबद्धता गर्नुभएको छ। अब त्यो कुरा उहाँले संसदमा उठाउनु हुन्छ या हुन्न त्यो उहाँको कुरा हो। 

अब कुरा गरौँ नेपाली राजनीतिमा ७ दशक भन्दा लामो इतिहास बोकेको नेपाली कांग्रेस पार्टीको। यो पाटीले जसरी आफूलाई पुरानो र प्रजातान्त्रिक पार्टीको दावी गर्छ त्यसैगरी गरि उँधो गतिमा पनि भासिंदै पनि गएको छ। गुटका बहेको नागरिक र पार्टीक लागि गरेका कामको फेहरिस्त बनाउन सकेको छैन।

पहिलो त कन्युनिष्ट पार्टीहरुको लहै-लहैमा गएर आफ्नो पार्टी संरचना, गतिबिधि र दैनिकी बिर्सेको देखिएको छ भने अर्को तिर आफू बलियो हुनु भन्दा कुनै एउटा व्यक्तिको बिरोधको लागि सिंगो पार्टीलाइ प्रयोग गरेर उपलब्धि बिहिन काममा अल्झिएको छ। जसबाट पाटीलाई हाता लाग्ने सुन्य हो।

आफ्ना पक्षा तरुण दल, नेविसंघ लगायतलाइ खेद्कुद, नागरिक सेवा, प्रशासनिक र अन्य राजनतिक सेवामा परिचालन गर्नुको सत्ता उही ४० बर्ष पुरानो सडकमा उतार्ने काम गर्दैछ। जति शक्ति अरु पार्टी र व्यक्तिको बिरोधमा खर्चेको छ त्यो शक्ति आफ्नो पार्टी सुधार्नमा खर्चेको भए, नागरिकका दैनिक सेवाका कममा ध्यान दिएको भए, देशको अर्थतन्त्र, रोजगारी र शैक्षिक सुधारमा ध्यान दिएको भए अर्को ८० बर्ष जेठो, ठुलो र शक्तिशाली सत्ताधारी पार्टी हुने थियो होला।

यी कुरा नहुनाले नेपाली कांग्रेस प्रजातान्त्रिक, पुरानो र शक्तिशाली ठुलो पार्टी हुँदा-हुँदै पनि उँधो गरिमा गएको छ। एउटा व्यक्तिको बिरोध गरेर समय बर्बाद गर्दैछ। बुद्धि र विवेक बढाउन छलफल गरेर निचोड लिनुको सट्टा मनलाग्दी पाराले बिना-योजना गएको छ। त्यसैले आउने दिनमा नेपाली कांगेस झन् गिर्दो अवस्थामा जाने देखियो।