बजेट पारित नहुँदै प्रतिनिधिसभा बैठक स्थगित

बजेट पारित नहुँदै प्रतिनिधिसभा बैठक स्थगित

Hollywood Khabar September 13,2021 Comments

संशोधनसहितको बजेट पारित नहुँदै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । मंगलबारको बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का सांसदहरूले नाराबाजी गरेका थिए । नाराबाजीकै बीच अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको ‘विनियोजन विधेयक विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरिएको छ । उक्त प्रस्ताव बहुमतले पारित गरेपछि बैठक असोज ४ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

बुधबार रातिदेखि जेठ १५ गते अध्यादेशमार्फत ल्याएको बजेटको वैधानिकता सकिँदैछ । त्यस्तो अवस्थामा सरकारले प्रतिस्थापन विधेयकलाई विरोधकै बीच अघि बढाएको हो । सभामुख अग्नि सापकोटाले प्रतिस्थापन विधेयक निर्णथार्य पेश गर्दा पनि एमालेका सांसदहरूले नाराबाजी गरिरहेका थिए । बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरूले वेल घेरेर नाराबाजी गरेका हुन् ।